Hindi Films

चिया पुर्‍याउन गएकी बालिकालाई मालिकले बलात्कार गरे

Unknown | 06:54 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ फाल्गुन ३० शनिबार
झापाः झापाको शनिअर्जुन नगरपालिका ९ नयाँ बसपार्कमा रहेको एउटा चिया पसलेसंग आश्रय लिइरहेकी १३ बर्षिय अबोध बालिकालाई थाह थिएन संगै बन्दै गरेको घरका मालिकबाट बालत्कृत हुन्छु भन्ने । गत शुक्रबार अपरान्ह ३ बजे तिनै घर धनी सूर्यमान तामांगले मगाएको चिया लिएर जाँदा उनी उनै तामांगबाट बलात्कृत हुन पुगिन्। विर्तामोड नजिकमा रहेको बसपार्कमा घर बनाउँदै गरेका ४० बर्षिया तामांगले उनलाई चिया लिएर माथि आउन भनेका थिए। इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमका अनुसार चिया लिएर गएपछि उनलाई तामांगले हातपात गरेका थिए । त्यसपछि बालिका डराएकी थिइन् । उनले कुनै प्रतिक्रिया जनाउन नसकेको प्रहरी निरीक्षक गौतमले बताए। केही दिनअघि बलात्कारपछि मृत्यु भएकी बाराकी बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी हुन्। बाराको घटनाको विरोधमा शुक्रबार विर्तामोडमा विरोध जुलुस निस्केको थियो । विर्तामोड नजिकै रहेको घटनामा सोही दिन अर्की बालिका बलात्कृत हुन पुगिन्। ति बालिकालाई बसपार्कमा सानो चिया पसल गर्दै आएकी सुनिता क्षेत्रीले पालन पोषण गर्दै आएको प्रहरीको भनाई छ। उनी बलात्कृत भइसकेपछि क्षेत्रीलाई बताएकी थिन् । त्यसपछि निकै ठूलो हल्ला भएपछि बसपार्कमा रहेको प्रहरी टोलीले तामांगलाई पक्राउ गरेको थियो । प्रहरी निरीक्षक गौतमले भने, ‘तामांगले बनाउँदै गरेको घरको माथिल्लो तलामा चिया लिएर आउन भनेपछि बालिका गएकी थिन् । त्यसपछि उनले बालिकामाथि नगर्ने काम गरे।’ बलात्कृत बालिकालाई महिला प्रहरी तथा उनकी संरक्षक क्षेत्रीलाई साक्षी राखेर बयान लिइएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । बयानका क्रममा बालिकाले आफू उनकै बनाउँदै गरेको घरमा बलात्कृत भएको बताएकी थिन् । बालिकाले तामांग विरुद्ध प्रहरी समक्ष जाहेरी दिएकी छिन् । प्रहरीले बलात्कारका आरोपी तामांगलाई अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएको छ भने बालिका अभिभावकको संरक्षणमा छिन् । तामांगको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो भने बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन भने बाँकी छ । बलात्कृत बालिकाकी आमा नरहेकी र बाबुले पनि अर्की आमा लिएर अन्यत्रै बस्दै गरेको प्रहरीको भनाइ छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments