बलात्कृत बालिका पूजाको आजै अन्त्येष्टी, कलैयाको आन्दोलन स्थगित
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ फाल्गुन ३० शनिबार
बारा : स्थानीय प्रशासन र बेटी बचाउ संघर्ष समिति बीचको वार्तामा क्षतिपूर्ति तथा दोषीलाई कारबाही गर्ने विषयमा सहमति भएपछि पाँच दिनदेखि सडकमा राखिएको बलात्कृत बालिका पूजा शाहको पार्थीव शरीरको आजै अन्त्येष्टी हुने भएको छ।
बलात्कारीलाई फाँसीको सजाय माग गर्दै बालिकाको शव सडकमा राखेर प्रदर्शन जारी राखेको पाँचौ दिन शनिबार संघर्ष समिति र स्थानीय प्रशासनबीच वार्ता भएको थियो।वार्तामा बारा र पर्साका प्रशासक तथा प्रहरी प्रमुख र संघर्ष समितिका पदाधिकारी सहभागी थिए। क्षतिपूर्ति र दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्ने प्रत्याभूति स्थानीय प्रशासनले गरेपछि प्रदर्शन स्थगन गर्ने र शवको आजै अन्त्येष्टी गर्ने सहमति भएको संघर्ष समितिबाट संयोजक प्रमोद गुप्ताले बताए।
वार्तामा बाराका प्रजिअ बालकृष्ण पन्थी, नारायणी अञ्चल प्रहरी प्रमुख मनोज न्यौपानेसहित प्रशासनबाट सहभागी थिए। संघर्ष समितिबाट संयोजक प्रमोद गुप्ता र सचिव मुकेश सहित सहभागी छन्।वार्तामा बलात्कार पछि ज्यान गुमाएकी बालिका पुजा साहको हत्यारालाई विद्यमान कानुन अनुसार हदै सम्मको कार्वाही गर्ने , पिडित परिवारलाइ क्षतिपुर्ति बापत १० लाख रुपैया उपलब्ध गराउन स्थानीय प्रशासनले सरकारलाइ सिफारिस गर्ने , बारा उद्योग वाणिज्य संघको पहलमा कलैया नगर क्षेत्रमा तत्काल सिसि टिभी क्यामेरा जडान गर्ने , कलैयामा भएका बलात्कार र हत्याका घटनाहरुको सुक्ष्म अनुसन्धान गर्ने , हत्या गरिएका बालक आशीष गुप्ताको हत्यारालाइ पक्राउ गरि सार्वजनिक गर्ने , कलैया नगर क्षेत्रको शान्ति सुरक्षा कडा पार्ने लगायतको सहमति भएको छ।
बलात्कारीलाई कडा सजाय तथा पीडितलाई क्षतिपूर्ति माग राख्दै बाराको कलैयामा पाँच दिनदेखि बलात्कृत बालिकाको शव सडकमै राखेर हरेक दिन प्रदर्शन भइरहेको छ। तर सरकारले प्रभावित पक्षको मागलाई सम्बोधन गरेर बालिकाको दाहसंस्कार गर्ने वातावरण अहिलेसम्म तयार गर्न सकेको थिएन।
कलैया मदर्शा टोलकी सात वर्षीया बालिका कलैया ६ मा रहेको श्री त्रिचन्द्र उच्च माविको दक्षिणपट्टी फागुन ९ गते शनिवार बिहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी थिइन्। बालिकाको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि दुइ हप्ता अघि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको थियो।काठमाडौको कान्तिबाल अस्पतालमा उपचारका क्रममा उनको गत आइतबार मृत्यु भएको थियो। बालिकाको बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले फागुन १० गते नै कलैया ४ निवासी २८ वर्षिया कन्हाई गुप्तालाई पक्राउ गरिसकेको छ। बलात्कृत बालिकाको उपचारकै क्रममा गत फागुन २४ गते कान्ति बालअस्पतालमा मृत्यु भएको थियो। मंगलबार उनको शव कलैया लगिएको थियो।बालिकाको शव कलैयाको भरतचोकमा आइसको बक्सभित्र राखिएको छ।
संघर्ष समितिले सात सुत्रीय माग सहितको ज्ञापनपत्र पनि बुधबार प्रधानमन्त्रीलाइ बुझाएको छ। समितिले बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो। जिल्ला प्रशासन कार्यालयमा संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापपत्र बुझाएका थिए।ज्ञापनपत्रमा बालबालिाकाको बलत्कार र हत्यामा संलग्नलाइ मृत्यु दण्डको संवैधानिक व्यवस्था हुनु पर्ने ,गृहमन्त्री बामदेव गौतमले राजीनामा दिनु पर्ने ,कलैयामा भएका बालिका बलत्कार र हत्याका घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्नु पर्ने ,पीडित परिवारलार्इ १० लाख राहत उपलब्ध गराउनु पर्ने माग गरिएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments