Hindi Films

गायकले परिवारका ५ सदस्यसहित बिष सेवन गरी गरे आत्महत्या

Unknown | 05:49 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 13, 2015,मुम्बई । भारतमा एक चर्चित भोजपुरी गायक विकास रायले परिवारका पाँच सदस्यसहित सल्फाश नामक बिष सेवन गरी आत्महत्या गरेका छन् । घटनाबारे शुक्रबार बिहान प्रहरीले थाहा पाएर सबैजनालाई अनुमण्डल अस्पताल लगेपनि चिकित्सकले सबैलाई मृत घोषित गरेको थियो । बिष सेवन गरेका गायक विकासका कान्छा भाई गोलुको अवस्था गम्भीर रहेको छ । उपचारका लागि उनलाई जमुहर स्थित नारायण मेडिकल कलेजमा भर्ना गरिएको छ । मृत्यु हुनेमा विकास रायसहित उनका बाबु सन्तोष सिंह, आमा, बहिनी सुनीता र भाई विशाल रहेका छन् । शब पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । सन्तोषले आफ्नो छोरालाई गायक बनाउन तथा एल्बम रिलीज गर्नका लागि पैतृक जमिन र घर समेत बेचेर भाडामा बस्दै आएका थिए । आर्थिक अभावकै कारण उनीहरुले मिठाई, पानी, फ्रुटीमा मिसाएर सल्फाश नामक बिषादी खाएका थिए । सुरुमा घटनाबारे स्पष्ट नभएपनि पछि विकासका कान्छा भाई गोलु होसमा आएपछि घटनाको रहस्य खुलेको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments