फेरी प्रलोभन देखाएर ८ बर्षीय बालीका बलात्कृत
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धनुषा । मुलकका विभिन्न जिल्लामा बलात्कार र हिंसाका घटना बढीरहेका बेला धनुषामा फेरी अर्की बालीका बलात्कृत भएकी छिन् । धनुषाको मिथिला नगपालिकाको वडा नं ७ वेङ्गाडावरमा ८ वर्षिया वालिकाको जबरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ ।
बालीकालाई ५२ बर्षिया धनवहादुर तामाङ्गले २० रुपैयाको प्रलोभन देखाएर बलात्कार गरेको परिवारलाई उद्धित गर्दै प्रहरीले उल्लेख गरेको छ । सोमबार बालीकाले घटनाको बारेमा आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।
अभियुक्त तामाङ्गलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । त्यस्तै पिडित बालीकालाई जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको छ । दुई दिन अघि पनि सुनसरीमा एक पुरुषले १० रुपैयाँको प्रलोभन देखाउँदै एक बालीकालाई बलात्कारको प्रयास गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments