Hindi Films

बलिउड चर्चित नायिकाहरु: कसले कति पढेका छन्? विस्तारमा

Unknown | 09:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र २७ शुक्रबार भारतीय अर्थतन्त्रमा बलिउडले ठूलै योगदान पुर्‍याउने गरेको छ। पछिल्लो समय बलिउडको प्रभाव संसारभर छ। बलिउड सेलिब्रेटीलाई आदर्श मान्ने जमात पनि सानो छैन। त्यसैले बलिउड सेलिब्रेटीको शिक्षा पनि उनीहरूको प्रशंसकको लागि चासोको विषय हो। बलिउड अभिनेत्रीले कति पढेका छन् त? अध्ययनमा अब्बल विद्या बालन 'उ ला ला गर्ल' विद्या बालनको सपना सानैदेखि अभिनेत्री बन्ने थियो। चलचित्रमा काम गरे पनि उनले शिक्षालाई उत्तिकै प्राथमिकता दिइन्। विद्याको शैक्षिक योग्यता पनि माथिल्लो नै छ। उनले सेन्टजेभियर्स कलेजमा समाजशास्त्रमा स्नातक र युनिभर्सिटी अफ मुम्बईमा स्नातकोत्तर अध्ययन गरेकी छन्। मनोविज्ञानमा स्नातकोत्तर प्रीति जिन्टा केही वर्षअघिसम्म चर्चित रहेकी अभिनेत्री प्रीति जिन्टा स्कुलदेखि नै प्रतिभाशाली थिइन् र उनको दिमाग पनि तेज थियो। उनले सिम्लास्थित सेन्ट वेडेज कलेजबाट अंग्रेजी विषयमा स्नातक गरेकी छन्। अभिनयमा लागे पनि उनले आफ्नो पढाइलाई बेवास्ता गरिनन्। बलिउडकी शिक्षित नायिकामध्येकी एक प्रीतिले मनोविज्ञान तथा अपराध मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर सोहाअलि खान सोह अलि खान पनि पढन्ते नायिका हुन्। 'रगं दे वसन्ती' बाट उत्कृष्ट सहअभिनेत्रीको अवार्ड पाएकी उनले द ब्रिटिस स्कुल नयाँदिल्लीमा प्रारम्भिक अध्ययन गरेकी हुन्। 'मोडर्न हिस्ट्री' विषयमा स्नातक उनले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेकी छिन्। तीन विषयमा डिग्री परिणीति चोपडा किशोर अवस्थाको केही समय लन्डनमा बिताएकी परिणीतिको सपना बैंकर बन्ने थियो। यसै सपनालाई पूरा गर्न उनी म्यानचेस्टर बिजनेस कलेजमा भर्ना भएकी थिइन्। त्यहाँ उनले तीनवटा विषय बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री लिइन्। सन् २०११ मा उनको मन बदलियो र बलिउडमा प्रवेश गरिन्। करिश्मा कपुर बलिउडको चर्चित कपुर घरानामा हुर्किएकी हुन् करिश्मा कपुर। हजुरबुवा राज कपुर र बुवा रणधीर कपुरको बलिउडमा हालिमुहाली थियो। सायद त्यही घमण्डले होला उनले पढाइलाई खासै महत्त्व दिइनन् बरु चलचित्रमा प्रवेश गरिन्। उनले ६ कक्षा पुगेपछि स्कुल ड्रपआउट गरेकी हुन्। उनले जोन क्यानोन स्कुलमा अध्ययन गरेकी थिइन्। अमिशा पटेल चलचित्र 'रेस टु' मा लाटी सोझीको भूमिका निभाए पनि वास्तविक जीवनमा अमिशा मेधावी विद्यार्थीमा गनिन्छिन्। क्याथडल एन्ड जोन क्यानोन स्कुलमा अध्यययन गर्दा उनी त्यहाँकी हेड गर्ल थिइन्। उनले अमेरिकाको टुफ्टस विश्वविद्यालय र मेडफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र विषयमा उच्च शिक्षा हासिल गरेकी छन्। ब्युटी विथ ब्रेन ऐश्वर्या राय बच्चन ऐश्वर्याको प्रशंसा 'ब्युटी विथ ब्रेन'मा हुन्छ। तेजिलो दिमाग र असामान्य प्रतिभा उनको विशेषता मानिन्छ। उनले हाइस्कुल ९० प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेकी थिइन्। चिकित्सा क्षेत्रलाई व्यावसायिक रूपमा करिअर बनाउन सोचाइ भएकी उनको जियोलोजीमा पनि उत्तिकै लगाव थियो। पछि उनी रहेजा कलेजमा आर्किटेक्चरमा भर्ना भइन्। २१ वर्षको उमेरमा विश्वसुन्दरी बनेपछि उनले पढाइ छोडेकी हुन्। पढाइभन्दा अभिनय प्यारो करिना कपुर बलिउडमा बेबोको नामले प्रख्यात करिना निकै मेहनती विद्यार्थी हुन्। स्कुलमा पनि उनी पुरस्कृत भइरहन्थिन्। देहरादुनको वेलह्याम गर्ल्‍स स्कुलबाट शिक्षा पूरा भएपछि मुम्बईको मिठीबाइ कलेजमा दुई वर्ष कमर्स अध्ययन गरिन्। हार्वर्ड विश्वविद्यालयमा तीनमहिने माइक्रोकम्प्युटर कोर्स अध्ययन गरेकी उनले मुम्बईको एक सरकारी कलेजमा कानुन पढ्न भर्ना भइन् तर बलिउड करिअरमा जम्न थालेपछि उनले पढाइ छोडिन्। पढाइ छाडेर ग्ल्यामर प्रियंका चोपडा प्रियंकाले स्कुले अध्ययन लखनउमा सकिन्। त्यसपछि अमेरिकाको मासाच्युसेट राज्यस्थित जोन एफ केनेडी विद्यालयमा भर्ना भइन्। फेरि भारत भर्ना भएर आर्मी स्कुलमा भर्ना गरिन्। जय हिन्दी कलेज, मुम्बईमा पनि अध्ययन गरिन्। सफ्टवेयर इन्जिनियर बन्ने चाहना भएकी प्रियंका पढाइ क्रममा विभिन्न सौन्दर्य प्रतियोगिता जित्न थालिन्। पछि विश्वसुन्दरी बनेपछि उनले पढाइलाई होइन ग्ल्यामरको संसारलाई प्राथमिकता दिन थालिन्। अर्थशास्त्रमा स्नातक लारा दत्त लारा आत्मविश्वासी अभिनेत्रीको रूपमा चिनिन्छिन्। उनको आत्मविश्वास र प्रतिभाकै कारण मिस युनिभर्स जित्न सफल भइन्। करिअर र शिक्षालाई उत्तिकै प्राथमिकता दिने नायिकामा पर्छिन् लारा। मुम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक लाराको फ्रेन्च, पञ्जाबी र कन्नड भाषामा पनि राम्रो दख्खल छ। -एजेन्सीको सहयोगमा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments