विक्रम सम्वत २०७२ सालको वार्षिक भविष्यफल
|
Wednesday 15th of April
श्री शाके १९३६, बिक्रम संवत २०७२ साल, किलकनाम सम्बत्सर परेको छ । प्रभावादि ६० सम्वत्सरमध्ये यो ४२ औ सम्वत्सर हो । यस वर्षका राजा शनि र मंगल ग्रह मन्त्री परेका छन् ।
सम्वतसर फल –
राजा शनिले मन्त्री मंगललाई खासै राम्रो नगर्ने तर मन्त्री मंगलले भने राजालाई सामान्य भावना राख्नाले राज्य संचालनमा थोरै भए पनि सहज पर्नेछ । समाजमा भएका केही उछ्रिङ्खल र अमानवीय व्यक्तिको कारण केही अनैतिक विद्वेष नफैलिएला भन्न सकिन्न । राज्य संचालनमा राजा र मन्त्री बीच उचित समन्वय नहुँदा राज्य शक्तिको दुरुपयोग हुने, आर्थिक कार्य सोचे अनुसार फल दिन नसक्ने र जनाताबीच नैराश्यता जाग्ने छ । आवश्यकता भन्दा बढी राजनीति र अहमताले राष्ट्रिय मुद्दा ओझेलमा पर्ने उत्तिकै भय रहने छ । जनता राजनीति प्रति प्रतिकूल हुनेछन । सोचेको आर्थिक लक्ष्य हासिल गर्न निकै नै सकत पर्नेछ । तर पनि यो वर्ष अपेक्षाकृत सन्तोषजनक फल दिने वाला नै रहला ।
जगलग्न कुण्डली अनुसार धान्येशले बुध, मेघेश्ले चन्द्र, भाग्येशले सूर्य, सस्येशले शुक्र, निरसेशले पनि शुक्र, फलेशले चन्द्र, धनेश्ले गुरु, दुर्गेश्ले चन्द्रमा आदिको स्थान ओगटेकोले समग्रहमा शुभ ग्रहको बाहुल्यता रहेको र अशुभ ग्रहको बाहुल्यता कमजोर रहने छ । अत: ३० प्रतिशत ग्रह अशुभ ग्रहको सहभागितामा रहे पनि बहुमत अर्थात ७० प्रतिशत ग्रहले शुभ फल नै प्रदान गर्ने छन् । यस वर्षारम्भमा सिंह जगलग्न पर्न आएकोले यो वर्ष चुनौतीको बावजुद सम्भावना लिएर आएको छ । राज्य आफ्नो काम आफै गर्न सक्षम हुनेछ । धन स्थानमा रहेको राहु भ्रष्टाचार गर्न उद्धत रहेपनि उच्च वृहस्पतिले केही सामाजिक अभियन्ता जन्माउने छ, जसको कारण थोरै भएपनि देशले केही सन्तोष भने अवश्य पाउला ।
पराक्रम कारक शुक्र स्वगृही रहेको र चन्द्रमा आदि ग्रहको सकारात्मक दृष्टी सम्बन्धले राजनीति गर्ने भन्दा सर्वसाधारण जनता जाग्नु पर्ने देखिएको छ । जनता, नागरिक समाज र मानवअधिरकारका सकारात्मक पहलले लुच्चा, लफङ्गा र फटाहाहरुको कार्यशैलीमा थोरै भए पनि परिवर्तन गराउन प्रेरित गर्ने छन् । तर अशुभ ग्रहको दृष्टिले चोरी, डकैती, लुटपाट, हत्या, बलात्कार जस्ता सामाजिक कलङ्कका विषय भने तिब्र रुपमा बढ्ने छन् । जनताका केही अति आवश्यकताका कुराहरुको परिपूर्ति भने हुनेछ । प्रतिस्पर्धामा केही शुभ कार्यको थालनी पनि हुने छ । बैदेसिक पूँजीमा परनिर्भर हुने सरकारको प्रवृतिमा कुनै परिवर्तन नआउँदा उद्योग, व्यवसाय धरासायी हुनेछ, तर कतिपय स्थानमा जनताको दवावले शासकवर्गलाई निद्रा हराम पनि गराउने छ ।
सुख स्थान, ब्यापार कारक ग्रह मङ्गल आफ्नो घरमा स्थिर रहँदा व्यापारिक गतिबिधि उच्च बिन्दुमा पुगेपनि ठूलो प्रतिफल भने हासिल हुन गाह्रो पर्नेछ । कृषिकार्य, पशु –पन्छी पालन, जलचर प्राणीको कारोवारले आर्थिक सन्तुलन सुद्रिढ गराउने छ । जग्गा जमिन सम्बन्धी कारोवार पनि सफल हुनेछ । धान, मकै, गहुँ आदि खाद्यान्नको भने उत्पादन राम्रो हुनेछ तर सहि रुपमा जनतामा वितरण गर्न भने गाह्रो पर्नेछ, मूल्य अनियन्त्रित हुनाले निम्न स्तरको व्यक्तिलाई मार्का पर्ने निश्चित देखिएको छ । सुन-चाँदी, हिरा –मोती, पन्ना, माणिक्य आदि धातुको दामले पनि आकास छुनेछ ।
विद्या, बुद्धि र सन्तान कारक ग्रह बृहस्पति रहेकोले न्यायिक कार्यमा भने उल्लेख्य प्रगति हुनेछ, दण्डहीनताको अन्त्यको लागि सानै भए पनि सकारात्मक पहल हुनेछ । सन्तानको मार्ग अर्थात् जनताको दह्रो उपस्थितिले राज्य संयन्त्रमा समानताको पक्षले उच्च प्रभाव समेत पार्ने योग राहेको छ । ज्ञान विज्ञानको क्षेत्र बिस्तार भएपनि निम्न स्तरका विद्यार्थीवर्ग नीति र नियममा बाँधिन सक्ने शक्ति भने क्षय हुनेछ । कर्मचारी वर्गमा समानताको ज्वाला बढ्नाले उच्च र निचको मुद्दाले स्थान पाउने छ । ठूलो र सानोको भेदभाव कायमै रहने छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
0 comments