Hindi Films

जीवन विककी बहिनीकोे अनुनयः मेरो दाईले सजाय पाओस् तर पहिले जातीय विभेदबारे न्याय पाउँ

Unknown | 02:59 | 0 comments


 

 April 05, 2015 
काठमाडौं, चैत २२ –संगीता पुलामी र सिमा बस्नेतमाथि एसिड प्रहार गर्ने जीवन विकको परिवारले घटनाको आधारभुत पक्षको रुपमा रहेको जातिय विभेदबारे सबैभन्दा पहिले छानविन गर्न माग गरेका छन् । आईतबार राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै विककी बहिनीले यस्तो आग्रह गरेको हो ।
jiwan-bk-sis
एसिड आक्रमण क्रुर र निन्दनीय अपराधीक कार्य हुनाले दोषी ठहरीएको आफ्नो परिवारको सदस्य जीवन विकलाई सजाय हुनुपर्ने कुरामा पुर्वाग्रही हुन नचाहेको भन्दै परिवारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘त्यस्तो निन्दनीय घटना घट्नुको मुल कारण वा जरिया बारे छानविनका लागी राज्यको ध्यान आकर्षण गर्न चाहन्छौं ।’
पत्रकार सम्मेलनमा बोल्दै जीवनकी बहिनी सिताले भनिन् ‘अन्तर्राीष्ट्रय कानुनले समेत छुवाछुतका घटनालाई अविभेदीय र अउल्लघंनिय सिद्धान्तको रुपमा अंगिकार गरेको परिप्रेक्षमा आम उत्पिडीत समुदायले फेरी उत्पीडनको शिकार हुन नपरोस् ।’
jiwan-bk-family
प्रहरीले ०७० कात्तिकमा घटेको जातिय छुवाछुतको घटनालाई तोडमोड गरेर आफुहरुलाई न्याय नदिएको कारण यस्तो घटना हुन पुगेको उल्लेख गर्दै सिताले भनिन् ‘मेरो दाईले सजाय पाओस् तर त्यसअघि जातिय विभेदको शिकार भएका हामीले न्याय पाउँ ।’
जीवनको परिवारका अनुसार संगिता पुलामीको भाईले जिवन ट्वाईलेट भित्र रहेका बेला ढोकामा लात्ताले हानेपछी छुवाछुतको घटनाले हिंसात्मक बाटो रोजेको थियो । सीताले भनिन् ‘दाईले टयुसन पढाउने क्रममा नागरीकतामा विक देखेपछी संगिताको परिवारले हेप्न थालेको थियो । ट्वाईलेटमा लात्ताले हानेपछि संगीताको परिवारले जिवन दाईलाई मात्रै नभएर हाम्रो विरामी ड्याडीलाई समेत कुटेका थिए ।’
त्यस्तै जीवनकी दिदी मन्जुले भनिन्, ‘मेरो असल भाईलाई यस्तो परिस्थितीमा पु¥याउने लाई पनि कारवाही होस् ।’ जीवनकी आमा भन्दै थिइन्, ‘सँधैको छिःछी दुर्दुरले मेरो छोराको मन जलेछ, अहिले पनि जलिरहेको होला, हामीले कानुन बुझेका थिएनौं त्यसैले अन्यायमा प¥र्यौं ।’


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments