नर्स बन्ने सपना बोकेकी ओसिमको शव तीन महिनादेखि अस्पतालमा : हत्या कि आत्महत्या ?
|
पोखराको चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पसमा प्रविणता प्रमाणपत्र तह तेश्रो वर्षमा अध्ययनरत १९ वर्षकी ओसिमको गएको माघ २ गते आफ्नै प्रेमी मनोज गुरुङ्गले हत्या गरेको आफन्तको आरोप छ ।
हत्याको आरोपमा मनोजलाई पक्राउ गरिएको भएपनि थप अनुसन्धान प्रक्रियाका बारेमा प्रहरी र प्रशासनले केही बताएका छैनन् । अहिले मनोजलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । मनोजका बाबुआमा भने जनही एकलाख रुपैंया धरौटीमा रिहा भैसकेका छन् ।
यतिबेला ओसिमका परिवार र आफन्त तथा सहकर्मीहरुसँगै पोखरा नर्सिङ्ग क्याम्पस परिवार र पोखराका मानव अधिकारकर्मीहरु उनलाई न्याय दिलाउन लागिपरेका छन् ।
ओसिम गुरुङको रहस्यमयी निधनको बारेमा सत्यतथ्य छानविनका लागि पोखरा नर्सिङ्ग क्याम्पसले विज्ञप्ती निकालेर आग्रह ग¥यो भने क्याम्पसका विद्यार्थीहरुले पोखरामा बृहद र्याली निकाले । जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय पोखरामा ज्ञापनपत्र समेत बुझाए । नवलपरासीमा घटेको घटना भएपनि त्यहाँको प्रशासनले पीडित पक्षलाई साथ नदिएको भन्दै विद्यार्थीहरुले गृह मन्त्रालयमा ज्ञापनपत्र पठाए ।
ओसिम गुरुङको रहस्यमयी निधनको बारेमा सत्यतथ्य छानविनका लागि पोखरा नर्सिङ्ग क्याम्पसले विज्ञप्ती निकालेर आग्रह ग¥यो भने क्याम्पसका विद्यार्थीहरुले पोखरामा बृहद र्याली निकाले । जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय पोखरामा ज्ञापनपत्र समेत बुझाए । नवलपरासीमा घटेको घटना भएपनि त्यहाँको प्रशासनले पीडित पक्षलाई साथ नदिएको भन्दै विद्यार्थीहरुले गृह मन्त्रालयमा ज्ञापनपत्र पठाए ।
नवलपरासीमा पनि महिला अधिकारकर्मीहरुले ओसिमलाई न्याय दिलाउन माग गर्दै र्याली निकाले । तर अहिलेसम्म हत्या आरोपमा मनोजलाई पक्रनु बाहेकका थप अनुसन्धानको प्रक्रिया अघि बढ्न नसकेको आफन्तको गुनासो छ । निरन्तरको दबाब र मागपछि अहिले महिला मानवअधिकार आयोगको ध्यान यो घटनातर्फ तानिएको छ । केही दिनअघि मात्रै आयोगको टोली घटनास्थलमा पुगेर फर्किएको छ । आयोगको टोलीको अध्ययन प्रतिवेदन भने आउन बाँकी छ ।
ओसिमका आफन्तले नवलपरासी प्रहरी र अस्पताल समेत पीडकको पक्षमा लागेको आरोप लगाएका छन् । तत्कालिन अवस्थामा मनोज र उनका परिवारको नाममा किटानी जाहेरी दर्ता गर्न नमान्नु, घटनामा दोषी देखिएकी मनोजकी दिदी मोनिका घटना भएकै दिनदेखि फरार हुनु, पीडकको घरमा प्रहरी तैनाथ गरि सुरक्षा दिनु जस्ता घटनाले ओसिमको हत्या ढाकछोपका लागि प्रहरी प्रशासन नै उद्धत देखिएको पीडित परिवारको भनाई छ ।
माघ ८ गते हत्यामा संलग्नलाई किटानी जाहेरी दिन खोज्दा प्रहरीले नमानेपछि घटना भएको १९ दिनपछि अर्थात माघ २१ गते मात्रै नवलपरासीको प्रहरी कार्यालय, प्रशासनसँगै कानुनी सहायता केन्द्र, नेपाल बार एशोसियसन र राष्ट्रिय मानवअधिकार आयोगको दवावमा ईलाका प्रहरी कार्यालय सुनवलले जाहेरी दर्ता गरेको थियो ।
मनोजका दिदी मोनिका अहिले पनि घरमै लुकिछिपी रहँदै आएकी र पीडित पक्षले उनको नाममा पनि किटानी जाहेरी दिएको भएपनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ नगरेको परिवारको आरोप छ ।
घटना विवरण
भारतीय सेनामा कार्यरत बुबा चन्द्रबहादुर गुरुङ्ग र आमा धु्रव गुरुङ्गकी छोरी ओसिम पोखरा नर्सिङ्ग क्याम्पसको छात्राबासमा बसेर पढिरहेकी थिईन् । नर्सिङ्ग तेश्रो वर्षको अन्तिम परीक्षा सकेर पुष १९ गते हिउँदे बिदा मनाउन स्थायी घर नवलपरासीको रामनगर गाविस वडानम्बर २ सुन्दरवस्ती पुगेकी थिईन् । माघ २ गते सकिने हिउँदे बिदाबाट पोखरा फर्कनका लागि पुष २५ गते नै घरबाट हिँडेकी ओसिम माघ २ गते मृत भेटिएकी हुन् ।
नवलपरासीकै कावासोती नगरपालिका ३ थकालीचोकका २० वर्षिय मनोजले आफ्नी दिदी मोनिका गुरुङ्गको जन्मदिन छ भन्दै ओसिमलाई बोलाएको परिवारले बताएका छन् । ओसिमले माघ २ गते बिहान कलेजका साथीहरुलाई फोन गरेर आफू पोखरा आउन लागेको जानकारी समेत गराएकी थिईन् । तर अचानक सोहीदिन ओसिमले झुण्डिएर आत्महत्या गरेको भनि परिवारमा खबर पुग्यो ।
माघ २ गते मध्यरातमा ईलाका प्रहरी कार्यालय सुनवलले ओसिम बिरामी छ भन्ने खबर परिवारमा दिएको र भोलिपल्ट ओसिमका गाँउले र आफन्त कावासोती पुग्दा ओसिमले झुण्डिएर आत्महत्या गरेको हुँदाउनको शव चितवन मेडिकल कलेजमा राखिएको जानकारी दिईएको मामा ताराप्रसाद गुरुङ्गले बताउनुभयो ।
तर ओसिमको शव हेर्दा आत्महत्या नभई निर्मम तरिकाले हत्या गरेको देखिएपछि शव भरतपुर अस्पतालमा राखेर उनका आफन्तहरु न्यायको माग गर्दै प्रहरी प्रशासनमा धाउन थालेका हुन् । उनीहरुले तत्कालै मनोज र उनको परिवारको नाममा किटानी जाहेरी दिन खाजेको भएपनि प्रहरीले मनोजलाई मात्रै किटानी दिन दबाब दिएका थिए ।
ओसिमका मामाका अनुसार ओसिमको बायाँखुट्टाको औलामा चोट लागेको छ भने हातको औंला कोरिएको, टाउकाको दायाँपट्टि र शरीरको पछिल्लो भागमा निलडाम रहेको तथा घाटीमा पनि डोरीको डाम नभई चोट रहेको छ । घटनाको मुचुल्का तयार पार्दासमेत यी घटनाहरु उल्लेख नभएको आफन्तले बताएका छन् ।
मनोज र ओसिमको प्रेम सम्बन्ध
ओसिम र मनोज गुरुङ्गको प्रेम सम्बन्धका बारेमा ओसिमका निकट साथीहरु जानकार थिए । ओसिमले मनोजसँग आफ्नो कहिलेकाहीँ झगडा पर्ने गरेपनि पछिल्लो समय सम्बन्ध राम्रो रहेको बताएको उनकी साथी स्वस्तिका गौतमले बताउनुभयो । क्याम्पसको बिदा हुने समयमा ओसिमले आफूलाई मनोजको परिवारले पनि स्वीकारेको र बिदामा घरमा आउन आग्रह गरेको बताउनुभएको थियो ।
‘मनोजका बाबुआमाले भेट्न बोलाएको छ, अहिलेको छुट्टिमा भेटेर आउनुपर्ला’ ओसिमको भनाई उद्धृृत गर्दै अर्की साथी नविना कुवँरले भन्नुभयो । ओसिम र मनोजले फेसबुकको पासवर्ड समेत आदान प्रदान गरेका थिए । जसका कारण एकअर्काले दुईजना सँगै बसेका थुप्रै तस्वीरहरु पनि अपलोड गरेका थिए ।
ओसिमका परिवारले किटानी जाहेरीका बेला उनकै फेसबुकबाट मनोज र ओसिम सँगै बसेका थुप्रै तस्बिरहरु फोटोकपि गरेर दिएको थियो तर त्यसको भोलिपल्ट ओसिमको फेसबुकबाट सबै तस्विरहरु मनोजले नै डिलिट गरेको या गर्न लगाएको आरोप ओसिमका आफन्तले बताएका छन् ।
लगनशिल, कम बोल्ने र साहसीली ओसिमले आफ्ना साथीहरुसँग जस्तोसुकै परिस्थिति आएपनि आत्महत्या नगर्ने, बरु सामना गर्ने बताएकाले उनका साथीहरु ओसिमको आत्महत्या नभई हत्या नै भएको बताउँदै आएका छन् ।
तस्वीरहरु : ओसिमको फेसबुक तथा उहाँका सहकर्मीहरुले उहाँको परिवारलाई न्याय दिलाउनका लागि बनाएको फेसबुक पेज जस्टिस फर ओसिम बाट ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments