Hindi Films

बेहुली निकै कुरुप देखेपछि बेहुलाले नदीमा हामफाले

Unknown | 06:58 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत २३ गते
आफ्नी हुनेवाली श्रीमती निकै नै सुन्दर होउन् भन्ने चाहना कुनचाहिँ पुरुषको हुँदैन र ? तर, सुन्दरता भन्ने कुराको मापन धेरै किसिमले हुन्छ र अनुहारको मात्र नभई मनको सुन्दरतालाई प्राथमिकता दिएर पनि कतिपयले विवाह बन्धनमा सम्झौता गर्छन् । तर, कोही मानिस यस्ता हुँदा रहेछन्, जसले हुनेवाला श्रीमती निकै कुरुप भएको भन्दै विवाह मण्डपबाटै भागेर आत्महत्या गर्न नदीमा हामफाल्न समेत पछि परेनन् । यस्तो घटना हालै चीनमा भएको छ । चीनको हुबेइ प्रान्तस्थित सियान सहरका एक युवकले नदीमा हामफालेर परिवार मात्र होइन, आफन्त र सबैलाई झस्काइदिए । निकै कुरुप केटीसँग आफ्नो बिहे गराइदिन लागेको झोंकमा उनले नदीमा हामफालेका हुन् । सुन्दै अचम्म लाग्न सक्छ । ३३ वर्षका कांग हू नामका युवकका बुबाआमाले एक युवतीसँग उनको बिहे गर्ने कुरा चलाएका थिए । उनले कुरा चलाइएकी युवतीको तस्वीर हेरे । राम्रै लाग्यो र हुन्छ भनिदिए । त्यसपछि बिहेको कुरा छिनियो । दुबैतर्फबाट बिहेको राम्रै तयारी भयो । बिहेको दिन बेहुलासहित केटा पक्ष विवाह समारोहमा गयो । विवाह समारोहमा जब बेहुलाले बेहुली देखे, तब उनलाई भाउन्न भयो । उनी अक्क न बक्क भए । केटी कुरुप रहेको र आफुलाई मन नपरेको भन्दै उनले बिहे नगर्ने कुरा गरे । यो कुरा सुन्दा केटा र केटी दुबै पक्षलाई नराम्रो लाग्यो । तर, उनले सुरुमा त उनले हाँसोठट्टा गरेका होलान् भन्ने ठानियो । दुबै तर्फका मानिसले सम्झाएर बिहे गराइदिने नै निधो गरे । तर, कांगले ती युवतीसँग आफ्नो बिहे गराइदिए आत्महत्या गर्ने धम्की दिए । त्यसो गर्दा पनि परिवारले सोही युवतीसँग बिहे गराइदिने ढिपी नछाडेपछि कांगले हठात् डरलाग्दो निर्णय गरे । विवाह समारोहमा रहेकी बधुसँग माफी माग्दै उनी त्यहाँबाट भागे र नजिकै रहेको नदीतर्फ मर्छु भन्दै दौडिए । परिवारजन आत्तिए । बेहुली मर्माहत भइन् । केही समयसम्म त उनी नदीको किनारामै यताउति गरिरहेका थिए । तर, केही बेरपछि त सबैलाई झसँग पार्दै नदीमा हामफाले । तत्कालै प्रहरीलाई खबर गरियो । उनलाई बेहोस अवस्थामा प्रहरीले नदीबाट बाहिर निकाल्यो । उनलाई तत्कालै अस्पतालमा लगियो । अस्पतालमा होस आएपछि कुरा गर्दै उनले घटनाको बारेमा आफुलाई नराम्रो लागेको भए पनि आफुसँग अरु बाटो नरहेकाले आत्महत्याको बाटो रोजेको बताए । आफुले अपेक्षा गरेकोजस्तो बेहुली नरहेको र उनी आफ्ना लागि नसुहाउने भए पनि घरपरिवारले जबरजस्ती बिहे गरिदिन लागेकाले आफूले त्यो गरेको उनको भनाइ छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments