आजको राशिफल :वि.सं.२०७२ साल वैशाख १७ गते। शुक्रबार। इश्वी सन् २०१५ अप्रिल ३० तारिख।
![]() |
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ने देखिन्छ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। सामाजिक प्रतिष्ठा पाइनुका साथै प्रसन्नता मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। अनुकूल स्थानान्तरण वा लामो यात्रा होला। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने योग छ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट लाभ हुनेछ। प्रशस्त धन संग्रह गर्ने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ। मंगलमय काम वा तीर्थाटन गर्ने समय छ। प्रयत्नले उन्नति हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आजको प्रयत्न निष्फल जस्तै होला। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |




0 comments