Hindi Films

रेखासंग रमाइलो-रमाइलो मै बर्षदिन कतिवेला वित्यो पत्तै भएन

Unknown | 05:18 | 0 comments


सोमबार, चैत्र ३०,
नयाँ नयाँ काम गरेर विश्वको ध्यान तान्न सफल सुदर्शन गौतमसँग पछिल्ला गतिविधि, जीवनका उतारचढावपूर्ण अवस्था र रेखा थापासँगको सम्बन्ध लगायतका विषयमा  नेपालपाटी संचारकर्मी सग  गरेको कुराकानीः
पछिल्लो समय कसरी बितिरहेका छन ?
२०७२ मा  प्रदर्शनमा आउने मेरो चलचित्र ‘सुपर हिरो’ को लागि डान्स, फाइट, हेलिकोप्टर जम्पिङ लगायतका अरु क्लासहरु अमेरिकामा लिदैछु । नेपाली संस्कृतिलाई विश्वसामू पु¥याउने उद्देश्यले सार्कका ८ देशको संयुक्त फेशन र संस्कृतिका सो न्युयोर्क र क्यानडाको टोरोन्टोमा आयोजना गराउँदैछु । जुन कार्यक्रम अमेरिकाका राष्ट्रपतिले न्युयोर्कमा र क्यानडाका प्रधानमन्त्रीले टोरोन्टोमा समुदघाटन गर्दैहुनुहुन्छ । सार्कका अध्यक्षको हैसियतले नेपालका प्रधानमन्त्री, अरु मन्त्रीहरु, कलाकार, मोडल, समाजसेवाी, पत्रकाहरुको जमघट हुनेछ भने त्यो कार्यक्रममा विशेष आकर्षको रुपमा नेपालका ५देखि १० जना राउटे र कुसुण्डा जातिहरुको पनि सहभागिता गराइने छ ।

अमेरिका , क्यानडामा पनि आदिवादसी जातीहरु भएकाले यो कार्यक्रम एउटा ऐतिहासिक हुनेछ । अमेरिका, क्यानडा र नेपालबीचको साम्प्रदायिक सम्बन्ध पनि सुदृढ हुने आशा लिएको छु । जुन कार्यक्रम अमेरिकामा रहेका सार्क राजदूतावास तथा थुप्रै कम्पनी तथा संस्थाहरुको सहयोगमा आयोजना हुँदैछ ।

स्थापनाको साथै निकट भविश्यमा नै नेपालको राजधानीमा अपाङ्गता तथा वृद्धवृद्धाहरुले सहजै प्रयोग गर्न सक्ने  सुलभ शौचालयहरुको निर्माण र अपाङगता र वृद्धवृद्धाहरुलाई लक्षित नेपालमा नै पहिलो पटक सुलभ मेट्रो बसको पनि सुरुवात हुँदैछ । यो प्रोजेक्टको लागि क्यानडाको अल्बर्टा सरकारको तर्फबाट सहयोग प्राप्त भै सकेको छ। 

दुवै हात कहिले गुमाउनुभयो ? त्यो बेला कस्तो अनुभव भयो ?
विद्युतीय दुर्घटनाबाट आजभन्दा १८ वर्ष अघि बानेश्वर थापागाऊँमा हात  गुमाएँ । जुन बेला म १२ वर्षको थिएँ ।  कक्षा ९ मा पढ्थेँ । सोच्नुहोस त, त्यो खेल्ने, रमाइलो गर्ने समयमा एक्कासी दुवै हात काटेर हस्पिटलको बेडमा सुतिरहँदा म के सोच्थे होला ? भविश्यको बारेमा कस्तो परिकल्पना गर्थे होला ? समाज, परिवार र शिक्षाको बारेमा, जीवन के हो, कसरी बित्छ, बिताउँछु सोच्न सकेको थिइन । तर म यति ठूलो दुर्घटनाबाट बच्न सफल भएँ । मलाई लाग्थ्यो ‘म त्यसै बचेको छैन, यो दुनियाँलाई मेरो खाँचो छ । मैले केही नयाँ कुरा गर्नुपर्छ । दुनियाँमा नयाँ पहिचान बनाउनुपर्छ ।’ मेरो मनले अपाङगतालाई सहजै जित्यो । मलाई हात नभएकोमा दुःख लागेन ।  बरु हात विना नै के के गर्न सक्छु, त्यसको खोजीमा रहेर हस्पिटलको बेडबाट खुट्टाले लेख्ने, खाने, नुहाउने, के गर्न सक्छु तेस्को खोजिमा रहे र हस्पिटलकोको बेड बाटनै खुट्टाले लेख्ने , खाने , नुहाउने, शौचालय जाने जस्ता अत्यावश्यक कुराहरु आफैँ गर्न थालेँ । त्यसैले आज खुःशी लाग्छ हात गुमाएकोमा ।

तपाईले अचम्मको कुरा भन्नु भयो । दुवै हात गुमाउँदा पनि कोही खुशी हुन सक्छ ?
प्रेम जी , ठिक भन्नु भयो । सायद, आजको दिनसम्म म नेपालमा नै थिए भने त्यो दुःख मलाई महसुस हुन्थ्यो होला । र मेरो जीवन असहज लाग्थ्यो होला । आज म क्यानडाको नागरिक हुँ । म यस्तो समाजमा बस्छु, जहाँ शरीको अंग गुमेको मानिसलाई अपाङ्ग भनिदैन । त्यस्तो व्यक्तिलाई अपाङग मानिन्छ, जसले काम गर्दैन । आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन । परिवार र समाजप्रति उत्तरदायी छैन । त्यस्ता व्यक्तिलाई धेरै ठूलो अपाङग मानिन्छ । र सरकारले बेरोजगार भत्ता दिन्छ । म त बिजनेश गर्ने र हात भएकाहरुलाई रोजगार दिएर बसेको र बस्न सक्ने मान्छे । आज म जुन पोजिसन र उचाइमा छु । त्यो सायद धेरै कम मानिसको जीवनमा प्राप्त छ । आज म संसारको एक्लो मानिस हुँ । जसले विना हात सगरमाथाको सफल अरोहण ग¥यो ।  मलाई लाग्छ, अपाङग त्यो हो, जसमा क्षमता छैन । अब मलाई भन्नुहोस, म के कुरामा दुःखु हुने ? के को लागि दुःखु हुने ? संसारका ८० देश घुमेर आफ्नो जीवन के हो र अरुको जीवन कस्तो हो सवै बुझेको छु । संसारभर डुलेर जीवनप्रति आशा मारेर बसेका निराश मानिसहरुमा म आशा जगाउने काम गर्छु । उत्प्रेरणा थप्ने काम गर्छु । मलाई हेरेर आज मानिसहरुमा आशा र भरोसा पैदा हुन्छ । यो सानो कुरा होइन । आशा र भरोशा भन्ने कुरा मानिसले मन्दिर र भगवानसँगबाट मत्र पाउँछ । दुःख, सुखको सवै अनुभव छ मसँग । जीवनको परिभाषा उसको सोचले फरक पार्छ । म सधै सकारात्मक सोच बनाउने मानिस हुँ ।

हात गुमाएदेखि कलेजसम्मको यात्रा कस्तो रह्यो ?
मैले दुवै हात गुमाउँदा कक्षा ९ मा पढ्थेँ । हस्पिटलको बेडबाट मैले आफूलाई दैनिक आवश्यक कुराहरु २ खुट्टाले गर्न सक्ने भएँ । सवैभन्दा महत्वपूर्ण कुरा हातले जस्तै पूर्ण रुपमा खुट्टाले लेख्न सक्ने भएको थिएँ । जसले मेरो जीवनलाई आजको यो उचाइमा पु¥याउन ठूलो भूमिका खेल्यो । हात गुमाएरपछि मैले खुट्टाले एसएलसी दिएर दोस्रो श्रेणीमा पास भएँ । त्यो दिन मलाई परिवार र गाउँलेले फूलमाला लगाएर गाऊँको इज्जत राख्नु र यो संसारमा आफ्नो नाम राख्नु भन्ने आशिर्वाद दिएका थिए । त्यो मेरो सफलताको र खुसीको पहिलो दिन थियो ।  काठमाडौँको बानेश्वरमा मेरो शारीरिक अवस्थालाई ध्यानमा राखेर घर बनाइदिनुभयो । मेरो काठमाडौँ बसाई धेरै सहज र सुविधासँग बित्यो । बुबाममीले मेरो हात छैन, कमजोर छु भन्ने कुराको महसुस मलाई आजको दिनसम्म गर्न दिनु भएन । जे गर्न सोच्थेँ, त्यो कुरा पुरा गर्नुहुन्थ्यो । खुट्टाले नै  २०५४ सालमा कम्प्युटर डिप्लोमा कोर्स गरेको थिएँ ।  जुन कुरामा मेरो बुबाले मलाई धेरै प्रेरणा दिनु भएको थियो ।  कम्प्युटर र इन्टरनेट शिक्षाले मलाई दुनियाभरको ज्ञान प्रदान गर्दथ्यो ।  काठमाडौँमा दुवै हात नभए पनि खुट्टाले लेखेर एसएलसी पास गर्ने नेपालको पहिलो मान्छे भनेर पत्रिपत्रिकाहरुले मलाई निकै ठूलो हिम्मत दिनुभएको थियो । नेपाल कमर्स क्याम्पसमा भर्ना भए र तुरुन्तै विद्यार्थी राजनीतिमा सक्रिय भएँ । म हरेक कुरामा सक्रिय मानिस थिएँ र छु पनि । मलाई केही न केही नयाँ गरिरहनुपर्छ । समाज र देशलाई केही नयाँ गरेर देखाउने र आफ्नै नयाँ पहिचान बनाउने सोचले नै पहिलो पटक काठमाडौँमा साधारण कार १० हजार भन्दा बढी जनताको बीचमा खुट्टाले चलाएर देखाएँ । जुन कुराले नेपाल र अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएँ । त्यो समयमा नै मुगु जिल्लामा २० हजार जनताहरुलाई लत्ता कपडा तथा ग्रामिण विकास सम्बन्धि कार्यक्रमहरु अध्यक्ष भएर सम्पन्न गरेँ ।

विना हात  सगरमाथा  चढ्ने र स्काई ड्राइभिङ गर्नुभयो । कहाँबाट आउँछ यस्तो प्रेरणा ?
मेरो जीवनको उद्देश्य आफ्नो नाम र कामलाई संसारमा परिचित बनाउनु थियो र छ पनि । सगरमाथा संसार भरको मानिस र मिडियाको विज्ञासाको केन्द्र विन्दु हो । त्यसैले मैले पनि सन् २०१३ मा सफलतापूर्वक विना हात आरोहण गरे र संसारभरका मानिसलाई एक पटक सोच्न बाध्य बनाइदिएँ । मानिसले चाहे, असम्भव केही पनि छैन भन्ने उदाहरण पेश गरिदिएँ । संसारका विलियन मान्छेहको भीडमा आज सुदर्शन गौतम संसारको एउटा मात्र नाम हो । त्यसैले मलाई गर्व लाग्छ । मेरो नाम दिने मेरो परिवारमाथि । स्काई ड्राइभिङ र कल फोन चलाउने, सगरमाथा चढ्ने र ट्रेकिङ गर्ने मेरा शोख हुन ।

क्यानडामा कहिले जानुभयो र के कस्तो उपलब्धि प्राप्त गर्नुभयो ?
क्यानडामा म २००६ मा परिवारको साथ गएको थिएँ । सुरुसुरुमा धेरै नै दुःख को अनुभव छ  हामीहरुसँग । पहिलो कुरा मैले अल्बर्टा राज्यबाट कानुनी रुपबाट नै मोडीफाई नगरी कार चलाउन सक्ने गरी लाइसेन्स लिए । धेरै सामाजिक संस्थाहरुमा सम्लग्न भएँ ।  क्यानडाको राजनीतिक पार्टी Consertive सँग आवद्ध भएर पनि काम गरेँ । जसले मलाई रज्इस्तरको पहिचान बनाउन सहयोग ग¥यो ।
रेष्टुरेन्ट तथा कार वासको व्यवसाय पनि गरेँ । दुवै हात विना क्यानडाली नागरिकको हैसियतले सगरमाथा आरोहण पनि गरेँ । २०१२ मा कैलगरी हेराल्डको तर्फबाट Compelling Calgariens को अवार्ड प्राप्त गरेँ । जुन  Calgary city मा must Power full र famous मान्छे मध्ये २० जनाले पाउँछन । जुन अवार्ड पाउने म सानो उमेरको पहिलो Immigrent  हुँ क्यानडाको । क्यानडा सरकारले मेरो कामको कदर गर्दै गत वर्ष हल ओफ फेमको अवार्ड दिएरु उच्च समन प्रदान गर्यो ।  जुन अवार्ड क्यानडा सरकारको संसादबाट प्रदान गरिने उच्च सम्मान हो । त्यो सम्मान क्यानडाका अपाङग व्यक्तिरुमा पनि धेरै प्रेरणाको रुपमा लिइयो । मैले पनि धेरै ठूलो रुपमा लिएको छु ।

अन्तिम वर्षको सुपर हित सिनेमा ‘हिम्मतवाली’ मा नायक बनेर देखिनुभयो । कसरी सम्भव भयो ?
रेखा फ्ल्मिसबाट यो अवसर प्राप्त भयो । रेखा थापाले मलाई मेरो अभिनयलाई दर्शकसामु पु¥याउने मौका दिनुभयो । मैले जति सकेँ, त्यति गरेँ । दर्शकहरुले चलचित्र हिम्मतवाली धेरै मन पराउनुभयो । मेरो अभिनयलाई पनि रुचाउनुभयो । यसबाट मैले फेरि अर्को उत्साह पाएको छु ।

रेखा थापासँग जोडेर विभिन्न समाचारहरु आएका छन । वास्तविकता के हो ? के साच्चै रेखा थापासँग बिहे गर्ने हो ?
हेर्नुहोस, कति मानिसले हाम्रो लभको विषयमा विभिन्न नराम्रा कुराहरु गरे । थुप्रै गसिप बनाए । रेखा थापालाई कसरी बदनाम गराउने भनेर । यो लभ फिल्म चलाउने हल्ला हो सुद्ध भन्न पछि परेनन मान्छेहरु । तर हामी दुवै एक अर्कालाई साँचो, विना स्वार्थ, माया गथ्यौँ, गर्छौ र गरिरहने छौँ । जीवनको अन्तिम पलसम्म पनि । यो मायामा रेखा र सुदर्शन कसैको पनि केही स्वार्थ छैन । तर हाम्रो विवाह चाँही सम्भव छैन । किन कि म  विवाहित मान्छे हुँ । हामी माया गर्छौ तर बिवाह गर्ने तरिकाको होइन । असल साथीको हैसियतले हो ।

बाहिर नआएको तर तपाईले थाहा पाएको रेखा थापा कस्ती नायिका हुन ?
कामप्रति बहुत जिम्मेवार मानिस हुन ।  उनलाई चिने बुझेसम्म अरुको कुरा हुन्छ हुन्छ मात्र भन्छिन तर कामको सुरुवात भने गर्दिनन । पैसा र लोभले रेखा थापालाई लोभ्याउन कसैले पनि सक्दैन । मन प¥यो भने विना पैसा पनि धेरै काम गर्छिन । ५ तारे होटलको भन्दा झुपडीमा बसेर दर्शकसँग कुरा गर्दै खाना खान रुचाउँने नायिका हुन उनी ।  भगवान र धर्म, कर्मप्रति धेरै रुची भएको मानिस हुन ।  काठमाडौँ वरपर रेखा थापा नपुगेको मन्दिर, नचिनेको ज्योतिष हात नहेराएको मानिस कमै होलान् ।  बाहिरबाट देखिने रेखा भित्र देखिने रेखामा धेरै फरक छ । तेसैले मलाई रेखासंग नजिक बनायो र बर्षदिन कतिवेला वित्यो पत्तै भएन। उहाँबाट मैले धेरै कुरा सिक्ने मौका समेत पाएँ ।

२०७१ साललाई फर्केर हेर्दा के पाएँ र के गुमाएँ भन्ने लाग्छ ?
मेरा लागि २०७१ साल नयाँ जन्म भएको वर्ष भने पनि हुन्छ। ७१ मा मैले धेरै पाएँ र धेरै गुमाएँ।  पाएको भन्दा गुमाएको धेरै भयो।  नाम कमाएँ , थोरै बदनाम पनि भए।  २०७० सालमा दुवै हात बिना सगरमाथा आरोहण गरेर संसारलाई अचम्मित बनाएँ । २०७१ मा हिम्मतवाली फिल्म खेलेर नेपाली दर्शकसामु आउँने अवसर पाए या मानिसको दृढ ईच्छा शक्ति भयो भने असम्भव भन्ने कुरा केही छैन भन्ने कुरा प्रमाणित गर्ने मौका पाएँ ।

२०७२ सालमा तपाईंको योजना के छ ?
२०७२ सालबाट म नेपाली रजतपटमा पुनः फर्कन्छु ।  वर्ष मा २ वटा चलचित्र बनाउछु र नेपाली चलचित्रलाई एनआरएन मार्फत अन्तरर्राष्ट्रियकरण गर्न भूमिका खेल्छु।  २०७२ मा नै प्रदर्शनमा आउने गरी ‘सुपर हिरो’मा पनि अभिनय गर्दैछु ।

‘सुपर हिरो’ कस्तो प्रकार को चलचित्र हो ? यसको निर्माता तपाईं नै हो ?
सुपर हिरो तपाईं हामी सवैको फिल्म हो । मूल रुपमा भन्नु पर्दा यो विशुद्ध सामाजिक कथा वस्तुमा आधारित नेपाली कथानक चलचित्र हो।  एउटा परिवारभित्रको सामान्य कथा हो यो।  दुवै हात नभएको मानिसले के–के संघर्ष गरेको छ ? उसले दैनिक जीवनमा भोग्नुपर्ने कठिनाई के–के हुन सक्छन् ?  यिनै कथाहरुको सामाजिक , र पारिवारिक समिस्रण नै सुपर हिरो हो।  यसको निर्माता साहित्यकार  हस्त गौतम र चरित्र अभिनेता पुस्कर भट्ट हुनुहुन्छ।  यो चलचित्र हस्त गौतम मृदुल र पुस्कर भट्टको ब्यानरमा निर्माण हुने पहिलो चलचित्र पनि हो ।

हिम्मतवाली फिल्मको रिलिज भएपछि अब फिल्म खेल्दिन भन्नुहुन्थ्यो  फेरि किन खेल्न थाल्नु भएको ?
हिम्मतवालीमा चाहेर पनि धेरै कुरा देखाउन सकिन । किनभने त्यो मेरो पहिलो फिल्म थियो । तर पनि त्यसपश्चात मलाई धेरै दर्शक स्रोताले तपाईं चलचित्रमै फर्कनु पर्दछ भन्नुभयो ।  सुदर्शनको वास्तविक जीवनको कथा , प्रेम र संघर्ष लाइ पनि पर्दामा उतार्नु पर्यो भन्ने आम दर्शकको भावनलाई निरन्तरता दिएको मात्र हो ।  र पुस्कर भट्टले दर्शकको इच्छा मुताविक कथा तयार पार्नु भएको कारणले पनि म फेरि  अभिनयको लागि तयार भएको हुँ।

हिम्मतवालीले व्यवसायिक सफलता समेत पायो, सुपर हिरो त्यस्तै सफल देखिएला त?
म फिल्म लाइनको त्यति ठुलो ज्ञाता होइन तर म कमर्शको विद्यार्थी भएको कारणले चाहिँ व्यापार कसरी गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको छ। एप्पल प्रोडक्टको कहीँकतै बिज्ञापन देखिदैन तर पनि आज आइफोन मान्छेको हातहात मा छ त्यो कारण नयाँ सोच को हो   हिम्मतवाली चल्नुको कारण पनि त्यही नयाँ प्रयोग थियो।  त्यसैले नयाँ सोच र प्रयोग गरी नेपाली समाजमा भित्रकै कथा समााजकै लागि तयार पार्ने हो भने पक्कै दर्शकहरुले मन पराउनु हुनेछ।  ठुला कलाकार र ब्यानर मा बनेका फिल्म हिट हुन्छ भन्ने ग्यारेन्टी छैन , नयाँ निर्देशक, कलाकार र ब्यानरमा बनेका  फिल्म पनि सुपर डुपर हिट भएका उदाहरण हामीसँग प्रशस्तै छन्।  तेसैले म यो प्रोजेक्टप्रति निकै आशावादी छु।  फेरि हिटै हुन्छ भनेर यो फिल्म मैले खेल्न लागेको पनि होइन । सुपर हिरोको कथाले मान्छेको सोचै परिवर्तन गर्न सक्छ ।  मानिसमा नयाँ जोश , जिम्मेवारी नयाँ ढंगले बाँच्ने हौसला प्रदान गर्न सक्छ ।  सुपर हिरो हिम्मतभन्दा पृथक हुनेछ ।

तपाईंको महत्वपूर्ण पाटो जो अहिलेसम्म बाहिर आएको छ्रैन ?
समयको धार र आत्मविसश्वासको सारलार्इ समिस्रण गर्दै अलग क्षमताको पहिचान बनाउने मानिसहरु मध्ये पर्दछु म।  सधैँ नयाँ परिचय बनाउने र इतिहास कोर्न ठुलो सपना बोकेको सरल र सवैसँग सहजै घुलमिल हुन सक्ने साधारण मानिस हुँ म ।

अन्त्यमा आम दर्शक स्रोतालाई के भन्न चाँहनुहुन्छ ?
जीवनमा सानातिना अवरोध आइनै रहन्छन्। आरोह–अवरोह पनि आउँछन् ।  हिम्मत नहार्नुस्, संघर्ष गर्ने मानिस नै सफल हुन्छन।  विरासतमा पाएको कुराले मान्छेलार्इ स्वाभिमानी बनाउदैँन।  पालुवा नपलाए सम्म बसन्तको अनुभुति हुँदैन । आफ्नो क्षमता आफैँ देखाउनु पर्दछ । अरुको भर परेर बस्दा सफल बनिँदैन।  अरुको घरमा बलेको आगोमा आफ्नो रोटी सेकाउन मिल्दैन । त्यसले भोकपनि मेटाउँदैन । 
 नयाँवर्ष –२०७२ सालको हार्दिक मंगलमय शुभकामना !
स्रोत - नेपालपाटी

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments