२३ वर्षीय युवतीलाई आफ्नै गुरुले गरे बलात्कार प्रयास गर्दा !
![]() |
एजेन्सी । एक २३ वर्षीय युवतीलाई उनकै गुरुले अरब सागरमा पौडी खेलाउने क्रममा ४० मिनेटसम्म राखी बलात्कार प्रयास गरेको खुलासा भएको छ ।
युवतीले उजुरी गरेपछि यी अधबैंसे उमेरका पौडी प्रशिक्षकका विरुद्ध मुद्दा दर्ता गराइएको छ । पीडित युवतीले आफ्ना डाइभिङ प्रशिक्षकले पानीको मुनी ४० मिनेटसम्म आफूसँग अश्लील हर्कत गरेको बताएकी छन् ।
यस दौरान उनी लाचार बनेर उनको कुरा सुन्न बाध्य भइन् किनकी उनको अक्सिजनको ट्यांकी गुरुको हातमा थियो । पीडितले विश्वकै सबैभन्दा ठूलो डाइभिङ ट्रेनिङ र सदस्य भएको पीएडीआईमा उजुरी गरेकी हुन् ।
उनले आफू र प्रशिक्षकबीचमा धेरै दुरी नरहेको र उनका दुवै हातले आफ्नो शरीर छोएको उनको आरोप छ । उनले गुरुको पञ्जाबाट भाग्न कोशिस गरेपनि कडा रुपमा समातेको र स्वास लिने साधन समेत उनको हातमा रहेकोले आफूले केही गर्न नसकेको बताएकी छन् ।
![]() |
Category:
0 comments