Hindi Films

ह्वाइट हाउस बमले उडाउने धम्की दिने दुर्इ नेपाली पक्राउ

Unknown | 03:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी २०७२ बैशाख २ बुधवार
फोटो :ह्वाइट हाउसमा बमको धम्की दिने धिमाल र कोइराला । एजेन्सी : अमेरिकी राष्ट्रपतिको भवन ह्वाइट हाउसमा बम हानी ध्वस्त पारिदिने धम्की दिने दुर्इ जना नेपालीलार्इ अमेरिकन प्रहरीले पक्राउ गरेको छ । उनीहरुले त्यहाँस्थित ९११ टोल फ्रि नम्बरमा फोन गरेर आफूहरुलार्इ अलकायदाका सदस्यको परिचय दिर्इ ह्वाइट हाउससहितका अन्य सरकारी निकाय बमले उडाउने धम्की दिएका थिए । अमेरिकाकै न्युयोर्कमा बस्दै आएका २८ वर्षीय गुरु धिमाल र कोलम्बसमा बस्दै आएका ६७ वर्षीय भगिरथ कोइरालालार्इ त्यहाँस्थित प्रहरीले मंगलबार पक्राउ गरी कारबाही अघि बढाएको हो । उनीहरु दुबैले गत शुक्रबार आफूहरुलार्इ अलकायदाका सदस्यको परिचय दिर्इ गुडिरहेको बसबाट फोन गरेर ह्वाइट हाउसलार्इ बम हानी उडाउने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । न्युयोर्कबाट क्लिभ्ल्यान्डतर्फ जाँदै गरेको अन्य यात्रुसमेत सवार सो बसबाट ९११ मा फोन गरेर उनीहरुले ह्वाइट हाउसमा बम हान्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । फोन गरेर३० यात्रु रहेको बसमा बसेर उनीहरुले ह्वाइट् हाउस ध्वस्त पार्ने धम्की दिएका थिए । ९११ मा फोन गर्दै उनीहरुले ह्वाइट हाउसमा बम हान्नुअघि जानकारी गराएको समेत बताएका थिए । उनीहरुले फोनमा आफूहरु ओहायोमा रहेको बताएका थिए । उनीहरुले ९११ मा फोन गरेको अडियो क्लिप समेत प्रहरीले बरामद गरेको छ । फोनका क्रममा उनीहरुले आफूहरु सवार बस समेत आतंकवादी समूहको निगरानीमा रहेको बताएपछि त्रास फैलिएको थियो । उनीहरुले सो सन्देश दिएपछि अमेरिकन प्रहरीले दुबैलार्इ बसबाटै पक्राउ गरेको थियो । तत्कालै बस भएको स्थानमा पुगेको प्रहरीले सुरक्षा जाँच गर्दा बम तथा अन्य विस्फोटक पदार्थ भने फेला पारेन । पक्राउ परेका धिमालमाथि प्रहरीले त्यहाँको कानुनअनुसार आतंक फैलाएको आरोप लगाएको छ । त्यसैगरी कोइरालामाथि आतंक फैल्याउन मद्दत गरेको अभियोगमा मुद्दा चलाएको छ । उनीहरु दुबैलार्इ प्रहरीले सोमबारै अभियोगको सामना गर्न पेइनसेभिल नगर अदालतमा हाजिर गराइएको थियो । भाषा अनुवादकको सहयोगमा उनीहरुबारे अदालतमा पाँच घण्टासम्म बहस चलेको थियो । सो घटनामा अदालतले धिमालसँग २५ हजार अमेरिकन डलर धरौटी मागेको छ । अदातलमा चलेको बहसका क्रममा धिमालको स्वास्थ्य अवस्था ठीक नभएको जनाउँदै स्वास्थ्य परीक्षण समेत गरिने भएको छ । अदालतले कोइरालालार्इ भने परिवारको जिम्मा लगाएर रिहा गरेको छ । 'उनी एक इमान्दार मानिस हुन्', कोइरालाका पारिवारिक सदस्य भुवन प्याकुरेलले भने, 'कोइराला यसअघि कुनै पनि अपराधिक क्रियाकलपमा सहभागी भएका छैनन् ।' भुवनले धिमालबारे भने आफूलार्इ कुनै जानकारी नभएको बताएका छन् । अदालतले धिमाल र कोइराला दुबैलार्इ २१ अप्रिलमा हाजिर हुन आदेश दिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments