Hindi Films

सय बर्षकी हजुरआमाले पौडी खेलेर किर्तिमान बनाइन्

Unknown | 06:30 | 0 comments

100-years-2जहाँ इच्छा त्यहाँ उपाय भनेको सायद यही होला । दृढ इच्छाशक्ति भयो भने कुनै पनि काम गर्न न त उमेर बाधक बन्छ न त सामाजिक परिवेश नै ।
उमेरले एक सय बर्ष पुगेकी एक हजुरआमाले हालै एक हजार पाँच सय मिटर पौडी खेलेर संसारलाई चकित पारेकी छिन् ।
तस्वीरमा देखिएकी यी हजुरआमा हुन जापानकी मेइको नागाओका । सन् १९१४ मा जन्मिएकी मेइको उमेरले एक सय बर्ष पुगेकी छिन् । तर, पनि उनको जोस नौजवानको जस्तै छ ।
गत शनिवार आयोजित पौडी प्रतियोगितामा यी हजुरआमाले आफ्नो बेग्लै शक्ति देखाइन् । झण्डै एक घण्टा १५ मिनेटमा उनले लगातार १ हजार ५ सय मिटरसम्म पौडेर किर्तिमान कायम गरिन् ।100-years
अर्को अनौठो के छ भने, उनले पौडी खेल्न ८२ बर्षको उमेरमा सिकेकी थिइन् । घुँडामा समस्या आएपछि ब्यायाम गर्ने उदेश्यले उनी स्वीमिङ पुलमा जाने गर्थिन । यसै मेलोमा उनले पौडी खेल्न सिकिन् ।
८४ बर्षको उमेरमा उनले मास्टर्स तहको पौडी प्रतियोगितामा भाग लिन थालिन् । त्यसयता उनको पौडी यात्रामा कुनै अबरोध आएको छैन, लगातार राष्ट्रिय तहका प्रतियोगितामा भाग लिइरहेकी छिन् ।
९० बर्षको उमेरसम्म आइपुग्दा उनले जापानमा राष्ट्रिय पहिचान बनाइसकेकी थिइन् । बिभिन्न देशमा आयोजना भएका अन्तराष्ट्रिय पौडी प्रतियोगितामा सहभागी हुँदै थुप्रै पदकसमेत हात पारेकी छिन् ।
अहिले यी हजुरआमा आफ्ना परिवारका सवै सदस्यलाई पौडीमा पारङ्गत बनाइसकेकी छिन् । हप्तामा चार दिन त उनले पौडीको तालिम नै दिन्छिन् । पौडीले तन र मन स्फूर्त बनाउने भन्दै सवैलाई पौडी खेल्न सुझाव दिन्छिन् ।
-सिन्ह्वाको सहयोगमा

Category: ,

0 comments