Hindi Films

स्वदेश फर्किए पारस

Unknown | 01:33 | 0 comments

April 03, 2015
काठमाडौं,चैत २० – अनेक अडकलबाजीका बीच अन्नतः पूर्वयुवराज पारस शाह बिहीबार नेपाल फर्केका छन् । कतिपयले पारस अब नेपाल नफर्कने बताइरहेका बेला पारस किन फर्किए त स्वदेश ?
paras
स्रोतका अनुसार पारस फर्कनुका धेरै कारणहरु छन् ।  त्यो मध्ये पहिलो कारण पारिवारिक दबाब हो । थाइल्यान्डमा सबै मुद्दामा सफाइ पाएपछि र आफन्तले स्वदेश फर्कन दबाब दिएपछि नेपाल फर्केका हुन् । पूर्वराजपरिवारले थाइल्यान्डको राजपरिवारसँग पारिवारिक च्यानलबाट सम्पर्क राखेर पारसलाई रिहा गर्न पहल गरेपछि पारस नेपाल फर्कने मुडमा पुगेका थिए ।
माघ २९ मा थाइल्यान्ड पुगेकी हिमानीले त्यहाँ पारसको रिहाइका लागि वातावरण बनाएकी थिइन् । थाइल्यान्डमा गाँजा काण्डमा फेरि मुछिए आजिवन कारावास वा मृत्युदण्ड हुनसक्ने प्रावधान पनि पारस स्वदेश फर्कनुको अर्को महत्वपूर्ण कारण हो । यही कारण उनलाई परिवार,आफन्त र साथीभाइबाट स्वदेश फर्कन दबाब परिरहेको थियो,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments