Hindi Films

देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तैः अनिता

Unknown | 04:50 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अनिता यादव राष्ट्रपति डा. रामवरण यादवकी छोरी हुन्। उनी राष्ट्रपति यादवको विदेश भ्रमणमा ‘फस्ट लेडी’को जिम्मेवारी सम्हाने गर्छिन्। उनको फेसबुक पेजमा अपलोड गरिएका स्टाटस र तस्विरहरू बाहेक उनको औपचारिक धारणा कतै सुनिदैन।
आजको नयाँ पत्रिका दैनिकका लागि मनोज घर्तिमगरले गरेको कुराकानी अनुसार,-बुबा राष्ट्रपति भएदेखि नै सघाउँदै आएकी अनिता अहिले सम्म अविवाहित नै छिन् । उनी कसैसँग पनि प्रेममा नपरेको बताउँछिन् । अनुकुल समय आएपछि विवाह हुने विश्वासमा रहेकी अनिता मागी या प्रेम विवाह कुन हुने भन्ने कुरा भाग्यले निर्धारण गर्ने बताउँछिन् । ‘विवाह जोसँग लेखिएको छ,उसैसँग होला । मागी विवाह होला या प्रेम विवाह,त्यो त भाग्यले निर्धारण गर्ने कुरा हो’ अनिता भन्छिन् । उनलाई संविधान जारी भएपछि आफ्नो विवाह हुन्छ कि भन्ने लागेको छ । देशका लागि संविधान र आफ्नो लागि विवाह उस्तैउस्तै भएको उनी बताउँछिन् । ‘संविधान जारी भएपछि मेरो विवाह पनि हुन्छ कि भन्ने लागेको छ,’ अनिता भन्छिन्,‘देशका लागि संविधान र मेरा लागि विवाह उस्तैउस्तै भएको छ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments