Hindi Films

९७ घण्टापछि उनी जीवितै निस्के

Unknown | 10:45 | 0 comments



२०७२ बैशाख १६ बुधवार 
फोटो :उद्धारपछि अस्पताल लैजाने क्रममा
मृत्युलाई जितेजस्तो भयो 
नुवाकोट : महाभूकम्पको पहिरोले पुरिएका नुवाकोटको त्रिशुलीका एक युवाको ९७ घण्टापछि जिवितै उद्धार गरिएको छ।हराएका बाबु खोज्न गएका एक युवकले बुधबार उनको उद्धार गरेका हुन्।
 
विदुर नगरपालिका वडा नं. ११ त्रिशुली बजार घर भई सोही स्थानमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका स्थानीय २८ वर्षिय शिव श्रेष्ठ नुवाकोट र रसुवाको सिमानामा निर्माणाधिन माथिल्लो त्रिशूली थ्रिए जलविद्युत केन्द्र निर्माण स्थलमा भूकम्पसँगै आएको पहिरोले पुरिएका थिए।
 
उनलाई ९७ घण्टापछि बुधबार अपरान्ह उद्धार गरिएको उनका आफन्त भीमनारायण श्रेष्ठले बताए। छोरासंगै शनिबार मैलुङ क्षेत्र घुम्न गएका श्रेष्ठ चढेको माइक्रोबस मनकामना गाविस वढा नं. ९ मैलुङमा भूकम्पसंगै आएको पहिरोले पुरिदा बेपत्ता भएका थिए।
 
श्रेष्ठलाई हराएका आफ्ना बाबु खोज्न गएका एक युवाले वुधबार दिउँसो पहिरोमा अड्किएको अवस्थामा एक बजे उद्धार गरेका हुन्। उद्धारपछि शिवले परिवारसँग 'आफूले पूर्वजन्ममा सुकर्म गरेकोले भगवानले पुर्नजन्म दिएको र मृत्युलाई जितेजस्तो भएको' भनेको भीमनारायणले बताए। 
 
पाँचदिन अर्थात् ९७ घण्टा त्रिशूली नदीको चिसो बगर नजिकैको पहिरोमा पुरिएका श्रेष्ठलाई भारतीय सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौ लगेको छ। उनको निधार तथा टाउकोमा चोट लागेको छ।भूकम्पसँगै आएको पहिरोले पुरिदा उनीसंगै वेपत्ता भएका नौ जनाको खोजी जारी रहेको छ। 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments