Hindi Films

पाकिस्तानले भारतलाई दियो यस्तो चेतावनी....

Unknown | 07:48 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 6, 2015 एजेन्सी । अमेरिकाको वासिङटन डीसीमा आयोजित कार्नेगी इन्टरनेशनल न्युक्लियर पोलिसी कन्फ्रेन्सका क्रममा पाकिस्तानी लेफ्टिनेन्ट जनरल खालिद किदवईले आफूहरुसँग परमाणु हतियार रहेको खुलाएका छन् ।
उनले ती परमाणु हतियारका कारण अब भारतले पाकिस्तानसँग आमने–सामुने हुन नसक्ने दावी गरेका छन् । उनले भारत र पाकिस्तान दुवैसँग परमाणु हतियार रहेकोले दुईदेशबीच ठूलो अन्तर नरहेको स्पष्ट पारे । किदवई १५ वर्षसम्म पाकिस्तानको रणनीतिक प्लान डिभिजन (एसपीडी) को प्रमुख भएर अहिले नेशनल कमाण्डका सल्लाहकार रहेका छन् । सम्मेलनमा बोलेका उनले आफ्नो पूरै समयमा पाकिस्तानको परमाणु क्षमताको बारेमा बताएका थिए । उनले भारतका सबै क्षेत्रमा पाकिस्तानी परमाणु हतियार पुग्न सक्ने समेत बताएका छन् । सम्मेलनमा सहभागी एक अनुसन्धानकर्ताका अनुसार पाकिस्तानसँग शाहिन–३ समेत रहेको छ र यसले २७५० किलोमिटर सम्म मार हान्न सक्छ । शाहिन–३ जमिनबाट जमिनमा मार हान्ने ब्यालेस्टिक क्षेप्यास्त्र हो । पाकिस्तानले ९ मार्च २०१५ मा उक्त मिसाईल परीक्षण गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments