Hindi Films

फिल्मी क्षेत्रबाहिरका युवतीलाई जीवन साथी बनाएका बलिउडका चर्चित कलाकारहरु

Unknown | 07:51 | 0 comments

एजेन्सी)
पछिल्लो समय बलीउड नायक शाहिद कपुरको विवाहको चर्चाले शिखर चुमिरहेको छ । लामो समयसम्म चर्चित बलीउड नाइका करिना कपुरसँगको सम्बन्धमा रहेका शाहिदको विवाह फिल्मी क्षेत्रभन्दा बाहिरकी युवतीसँग हुन लागेको समाचारले निकै चर्चा कमाई रहेको छ । दिल्ली निवाशी मीरा राजपुतसँग प्रेम सम्बन्धमा रहेका शाहिदले छिट्टै विवाह गर्न लागेपछि बलीउडका अन्य चर्चित कलाकारको फिल्मी दुनियाँ भन्दा बाहिरका युवतीसँग भएको प्रेम सम्बन्ध र विवाहको विषयले पनि महत्व पाउन थालेको छ । प्रस्तुत छ बलिउडका चर्चित कलाकारहरु जसले गैर फिल्मी युवतीलाई आफ्नो जीवन साथी बनाए ।
शाहरुख खान र गौरीः
shahrukh-khan-gauri-khan_
बलीउडमा किंग खान भनेर समेत चिनीने शाहरुख खानले गैर फिल्मी क्षेत्रकी गौरीसँग विवाह गरेका छन् । आफ्नो स्कुलको पार्टीमा भेट भएका उनीहरु एक आपसमा प्रेम सम्बन्ध पछि बिहे गरका हुन् । त्यतिबेला शाहरुख १९ वर्ष र गौरी १४ वर्षकी थिइन् ।
इमरान खान र अवंतिका मलिकः
बलिउड नायक इमरान खानले बिहे गरेकी अवंतिका मलिक पनि फिल्म दुनियाँ भन्दा बाहिरकी हुन् । उनीहरुले १० वर्षको डेटिंग पश्चात विवाह गरेका थिए ।
इमारान हाशमी र परवीन शाहनीः
emraan-hashmi-parveen-sha
सीरियल किसरका रुपमा समेत चर्चित इमरान हाशमीले फिल्म दुनियाँ बाहिरकी युवतीसँग विवाह गरेका हुन् । परवीन शाहनी एउटा प्रीस्कुलमा शिक्षिकाका रुपमा काम गर्थिन् ।
विवेक ओबेराय र प्रियंका अल्वा
vivek-oberoi-priyanka-alv
नायक विवेक ओबेरायले एक राजनीतिक परिवारकी युवतीसँग विहे गरेका छन् । फिल्मी क्षेत्र भन्दा बाहिकी प्रियंका कर्नाटकका पूर्व मन्त्री जीवराज अल्वाकी छोरी हुन ।
फरदीन खान र नताशा
fardeen-khan-natasha_1427
नायक फरदीन खानले आफ्नी सानै देखिकी साथी नताशासँग विहे गरेका छन् । उनको फिल्म क्षेत्रसँग कुनै सम्बन्ध छैन ।
संजय सूरी र अंबिका
बलीउड नायक संजय सूरीले दिल्लीकी विद्यार्थी अंबिकासँग बिहे गरेका छन् । अंविका फिल्मी क्षेत्र भन्दा बाहिरकी युवती हुन् ।
श्रेयस तलपडे र दीप्ति
shreyas-talpade_142737190
आफुलाई सबै किसिमको रोलमा ढाल्न सक्ने क्षेमताका धनि नायक श्रेयस तलपडेले पिजियोथेरापिस्ट दीप्तिसँग विवाह गरेका छन् । दीप्ति फिल्म क्षेत्रकी युवती हुन् ।

Category: ,

0 comments