Hindi Films

म कसैको लालचमा फसेकी छैन: बर्षा सिवाकोटी

Unknown | 02:52 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
फ्रेस फेस : म कसैको लालचमा फसेकी छैन: बर्षा सिवाकोटी 'नम्रता श्रेष्ठले आफूलाई सम्हाल्नुभयो, म सम्मान गर्छु' (फोटो र भिडियोसहित) २०७१ चैत २६ गते,चलचित्र ‘नाई नभन्नु ल २’मा सानो भूमिकामा काम गरेकी बर्षा सिवोकोटी अहिले चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा व्यस्त छिन् । उनले अभिनय गर्ने भनिएका केही चलचित्र नबन्ने पक्का जस्तै छ । मोडल सिवाकोटी आफूले यो क्षेत्रमा आउछु भनेर कहिल्यै पनि नसोचेको बताउँछिन् । अनलाइनखबरसँग बर्षाले गरेको हटकेक कुराकानी हेर्नुहोस् :
संयोगले यो क्षेत्रमा आएको बताउने बर्षाले यही क्षेत्रलाई करिअर बनाउँछु भनेर नसोचेको पनि बताइन् । उनले भनिन्-‘हो मसँग अरु पनि बिकल्प छन् । म जुन दिनसम्म काम गर्छु, उत्कृष्ट दिने प्रयास गर्छु ।’ आफ्नो पढाई पनि भएका कारण एकसाथ चलचित्रमा समय दिन नपाएको बर्षाको भनाई छ । राम्रो म्यूजिक भिडियो आउँदा काम गरिरहेको बताउने यी मोडल आफूलाई एउटा राम्रो कलाकार बन्नु छ भन्छिन् । कलाकार बन्नका लागि आफूले प्रयत्न गरेको खण्डमा दर्शकले चिन्ने उनको विश्वास छ । तपाई बिषयवस्तु छनोट गर्नुहुन्छ कि गर्नुहुँदैन भन्ने प्रश्नमा उनले भनिन्-‘म कथावस्तु एकदमै हेरेर काम गर्छु । कुनै कुनै काममा नवुझेर हात हाल्दा घाटा पनि लागेको छ ।’ बर्षा ग्ल्यामर क्षेत्र बाहिरबाट हेरेजस्तो नभएको बताउँछिन् । दर्शकले बाहिरबाट हेर्दा जती रमाइलो लाग्छ, त्यस्तो नभएको उनी भन्छिन् । अन्धाधुन्धा हाम फाल्दा गाह्रो भएपनि वुझेर आउनुपर्ने उनले बताइन् । जबसम्म आफूले लिफ्ट दिइदैन तबसम्म कसैले कसैलाई उछिन्न नसक्ने बर्षाको भनाई छ । आफूसँग खुबी भएको खण्डमा कसैको लोभ लालचमा फस्नु नपर्ने बर्षाले बताइन् । यसका लागि कसैको चाप्लुसी गर्नुनपर्ने उनले बताइन् । उनले आफू अहिलेसम्म कसैको लालचमा नफसेको र हात फैलाएर काम नमागेको बताउँछिन् । नेपाली चलचित्रमा नायक आर्यन सिग्देलसँग काम गर्न मन लागेको बताउने बर्षाले नायिकामा नम्रता श्रेष्ठ मनपर्ने बताइन् । ‘नम्रता जीले आफूलाई सम्हालेर जुन तबरले फेरि स्थान बनाउनुभयो, म त्यसलाई सम्मान गर्छु’-बर्षाले भनिन् । चलचित्र क्षेत्र आफ्नो लागि करिअर नै नभएको उनको भनाई छ । तर, जुन दिनसम्म काम गर्छु, क्षमताले भ्याएसम्म गर्छु भन्छिन् बर्षा।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments