प्लेनमा कुटपिट गरेको आरोपमा सलमानमाथि फेरी अर्को उजुरी
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बाई, चैत २६ – प्लेन यात्राको दोरान प्यासेन्जरसँग बहस र कुटपिटको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानमाथि प्रहरीमा उजुरी दर्ज गरिएको छ । ‘हिट एण्ड रन’ केसमा अदालतको चक्कर काटिरहेका सलमानमाथि पाँच महिना पूरानो घटनालाई लिएर एफआइआर दर्ज गरिएको हो ।
गत वर्षको नोभेम्बर ४ का दिन मुम्बाईबाट दिल्ली जाने प्लेनमा सवार सलमानको अर्का यात्रुसँग बहस भएको थियो । सलमानमाथि बडिगार्डलाई लगाएर ती व्यक्तिलाई कुटपिट गरेको आरोप छ ।
रविन्द्र द्वीवेदी नामक ती व्यक्तिले सलमानमाथि आफ्नो महत्वपूर्ण कागजात लगेको पनि आरोप लगाएका छन् । उनले आफूसँग विजेपीका दिवंगत नेता गोपीनाथ मुंडेको दूर्घटनाको बारेमा महत्वपूर्ण कागजात रहेको दाबी गरेका छन् ।
आफूलाई भ्रष्टाचार निर्मूलन समितिका सदस्य बताउने द्वीवेदीले जेट एयरवेजको फ्लाइट 9W331 मा यात्राको क्रममा यो घटना घटेको बताएका छन् ।
शुरुमा उनी एयरपोर्ट प्रहरी कहाँ गए पनि प्रहरीले उक्त मामिला दर्ज गर्न अस्विकार गरेको थियो । पछि अदालतमा मुद्दा हालेका थिए । अहिले पाँच महिनापछि अदालतले प्रहरीलाई यस विषयमा छानविन गर्न निर्देशन दिएको हो । प्रहरीले आइपीसीको धारा १५६ (३) अन्तरगत यस मामिलाको छानविन गरिरहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips, News
0 comments