ओबामाले सुशील कोइरालालाई फोन गरे
![]() |
फोटो :फाइल फोटो
काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओवामाले बुधबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी नेपालमा विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
उनले कोइरालामार्फत मृतकका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ओबामाले प्राकृतिक विपद्को घडीमा आफू र अमेरिकी जनता नेपालीहरूको दुःखमा साथै रहेको जनाउँदै आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले विपत्तिको घडीमा अमेरिकाले गरेको आर्थिक, भौतिक र मानवीय सहयोगको प्रशंसा गरेका थिए ।
उनले दुःखद घडीमा अमेरिकाले हासिल गरेको ज्ञान, सीप, अनुभव र दक्षता उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा उपयोगी हुने बताएका थिए ।
कोइरालाले दुःखको बेलाको मित्र नै सच्चा मित्र हुने बताउँदै अमेरिकाले दिएको निरन्तर सहयोग र यस दुःखद घडीमा दिएको समवेदनाका लागि अमेरिकी राष्ट्रपति र उनीमार्फत अमेरिकी जनताप्रति आभार प्रकट गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालासँग श्रीलंकाका स्वास्थ्यमन्त्री डा.नमबुराका हेलम्बागे रञ्जित हरिश्चन्द्र सेनारत्नेले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
प्रधानमन्त्री कोइरालालाई बुधबार बिहान मालद्वीपका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले टेलिफोन गरी समवेदना प्रकट गरेका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments