Hindi Films

कस्ता कस्ता हुन्छन होटल पनि हेर्नुहोस् अनौठा १२ होटल (फोटो फिचर)

Unknown | 13:36 | 0 comments


April 12, 2015
३८ पटक
एजेन्सी । मानिसहरुले लामो यात्रा वा कुनै अवसरमा बाहिर निस्कनु पर्दा राम्रो होटलको खोजी गर्छन । त्यो संगै उनीहरुलाई पायक पर्ने, सस्तो र आरामदायी होटल भयो भने उनीहरुको यात्रालाई पनि जीवन्तता दिन्छ । मानिसको यस्तै अनौठो रुचीलाई ध्यानमा राखेर संसारमा केही यस्ता होटलहरु निर्माण गरिएका छन् । जुन कतिपयतः तपाई हाम्रो कल्पनाभन्दा बाहिरका समेत जस्तो लाग्छ ।
१. इनेल होटल, नेदरल्याण्ड
यो होटल हेर्दा घरमाथि घर थपेजस्तो लाग्छ । यो होटल आम्सट्रडमको मुख्य स्टेसनबाट १२ मिनेटमात्र दुरीमा पर्छ ।
1.inntel-hotels-amsterdam
२.फाराल्द क्रेन होटल, नेदरल्याण्ड
झट्ट हेर्दा सामान ओसार्ने क्रेनजस्तो देखिने यो होटल आम्सट्रडम पोर्ट नजिकै छ । कुनै बेला बन्दरगाह रहेको यो स्थानमा पुराना क्रोनको प्रयोग गरी होटल निर्माण गरिएको हो । यो होटल जनिमको सतहभन्दा ५० मिटरमाथि क्रेनमा रहेको छ ।
2.faralda-crane-hotel
३.सेराटन हुझाओ हट स्प्रिङ रिसोर्ट, चीन
चीनको हुझाउमा रहेको शेराटन ब्राण्डको यो होटल दुनट आकारको आकिर्केक्टका कारण संसारभर चर्चित छ । बनोट जस्तै मूल्यवान खानाका परिकारहरु यहाँ पाइन्छन् । रातिको समयमा यसको रमिता हेर्न ज्यादै मनमोहक लाग्छ ।
3.sheraton-huzhou-hot-spring
४. होटल जेस्टेड, चेक गणतन्त्र 
यो होटल सन् १९६० मा निर्माण भएको हो । समुद्री सतहबाट १ हजार १२ मिटरको उचाईमा रहेको यो होटलबाट चेक गणतन्त्रका हिमालहरु समेत हेर्न सकिन्छ ।
4.hotel-jested
५.नाइन आवर क्याप्सुल होटल, जापान
जापानको पुरानो राजधानी क्योटोमा रहेको यो होटलमा ९ घण्टा सुत्न पाइन्छ । पाहुनाहरुलाई सुताउन यहाँ बेग्लाबेग्लै क्याप्सुल बनाइएको छ जहाँ एउटा ब्यक्तिमात्र सुत्न पाउँछ ।
5.hours-capsule-hotel
६. सन क्रुज रिसोर्ट, दोङ्गी, दक्षिण कोरिया
यो होटल समुद्री जहाजमा यात्रा गर्ने रहर भएका तर नसकेका वा डराएकाहरुका लागि उक्तम विकल्प हुनसक्छ । दक्षिण कोरियामा रहेको पानी जहाजको आकारमा रहेको छ । यो होटल संसारकै पहिलो जमिनमा रहेको लक्जरी पानीजहाज होटल समेत हो । यहाँ पानी जहाजमा हुने सवै सुबिधा उपलब्ध छन, यसको छतबाट समुद्रको दृष्यावलोकनसमेत गर्न सकिन्छ ।
6.sun-cruise-resort
७. स्पीटब्याङ्क फोर्ट, बेलायत
सुमद्रको बिचमा रहेको यो होटल कुनै बेला युद्धको बंकर थियो । पछि यसलाई लक्जरी होटलका रुपमा प्रयोग गरिएको हो ।
7.spitbank-from-the-air
८. फ्रि स्पिरिट स्पेयर होटल, ब्रिटिस कोलम्बिया
जंगलमा रहेको यो होटल झट्ट हेर्दा चराको गुँडजस्तो देखिन्छ । पाहुनालाई प्रकृतिसँग घुलमिल हुने र प्रकृतिको आनन्द लिने वातावरण दिन यस्तो होटल बनाइएको हो ।
8.free-spirit-spheres
९.द अरोरा एक्सप्रेस, अमेरिका
अमेरिकाको अलास्कामा रहेको यो होटल थोत्रो रेल्वेको डिब्बालाई मर्मत गरी बनाइएको हो । बाहिरबाट हेर्दा यो पुरानो रेलजस्तै देखिन्छ । सात सय फिट लामो रेलको डिब्बामा होटल बनाइएको हो ।
10.Wigwam-Motel__-Holbrook-AZ
१०. विगोम मोटल, अमेरिका
अमेरिकाको एरिजोनामा रहेको यो होटलमा देखिने टेण्टजस्तो आकृतिभित्र होटलका कोठा छन् । यी कोठा धेरै लक्जरी नभए पनि सस्तो र सुलभ छन् ।
9.aurora-express
११. ला ब्लेज देश गोमेस, बेल्जियम
यो होटल हेर्दा घोडाको आकृति जस्तो लाग्छ । यसमा १० वटा गेष्टरुम छन
11.la-balade-des-gnomes
१२. होटल कोष्टा भर्द, कोष्टारिका
कोष्टारिकाको ओन्तोरियो राष्ट्रिय निकुञ्जभित्र रहेको यो होटल जहाजजस्तो रहेको छ । पुरानो जहाजलाई जंगलत्रिभ ल्याएर यसका संचालकले सुन्दर र आरामदायी होटलका रुपान्तर गरेका छन् । ५० फुट उचाईमा रहेको यो होटलबाट पाहुनाहरुले समुद्र र जंगलको दृष्यावलोकन गर्न सक्छन् ।
12.hotel-room-stayed
एजेन्सीको सहयोगमा 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments