Hindi Films

एमाले नेता ढकालको पशुपति आर्यघाटमा अन्त्येष्टि

Unknown | 06:39 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 6, 2015 काठमाडौं । निमोनिया, स्वाइन फ्लु र क्षयरोगका कारण मृत्यु भएका नेकपा एमाले नेता रामनाथ ढकालको पशुपति आर्यघाटमा सोमबार दाहसंस्कार गरिएको छ । आर्यघाटमा अन्तिम संस्कार अगाडि ढकालको पार्थिव शरीरमा उपप्रधानमन्त्री बामदेव गौतमले नेपालको राष्ट्रिय झन्डा तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाएका थिए । उनको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो । यसअघि ढकालको पार्थिव शरीर श्रद्धान्जलीका लागि एमाले केन्द्रीय कार्यालय बल्खुमा राखिएको थियो । ढकालप्रति एमाले नेता–कार्यकर्ताका अतिरिक्त अरु पार्टीका नेता–कार्यकर्ता एवं सर्वसाधारणले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए । ढकालको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो । रुघाखोकीले च्यापेपछि यही चैत्र १५ गते आफैं उपचारका लागि अस्पताल पुगेका ढकालको चेकजाँचका क्रममा स्वाइफ्लु, मृगौलाको समस्या र क्यान्सरसमेत पत्ता लागेको थियो । त्यसअघि नै क्षयरोगको समस्यासमेत रहेका ढकाललाई रोगले च्यापेपछि भारतको नयाँदिल्ली लैजाने तयारी भएपनि स्वास्थ्य अवस्था गम्भीर बनेपछि भारत लैजान असम्भव भएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments