अनौठो मेला ,जहाँ एउटा पोखरीमा हामफाले मात्रै बच्चा जन्मिन्छ!
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मिडिया एनपी, सिरहा । देख्नेहरुले यि जोडी के गरी बसेका भन्न सक्छन् । तर उनीहरुले आफ्नै कोखबाट सन्तान जन्माउने इच्क्षा पुरा गर्न भन्दै धार्मिक विधि पुरा गरेर प्राथना मात्रै गरेका हुन् । निःसन्तान यि दम्पतीहरु सन्तान प्राप्तिको चाहना राखेर धार्मिक पूजापाठका माध्यमबाट आफ्नो मनोकांक्षा पुरा गर्न भन्दै सिरहा जिल्लाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेलाका केही दृश्यहरु हुन् यि । पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाविस—३ मा रहेको पतारी पोखरीमा सन्तान पाउने आकाङ्क्षासहित आउने निःसन्तान दम्पतीको भव्य मेला लाग्ने गर्दछ ।
पतारी पोखरीमा आउने निःसन्तान दम्पतीको बिहानैदेखि ठूलो भीड लागेको छ । हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा नेपालका विशेषगरी तराई र तराईले छोएका विभिन्न जिल्ला र भारत विहारका पटना, मधुवनी, दरभङ्गा, जयनगरलगायतका ठाउँका निःसन्तान दम्पती मेलामा जान्छन् । करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको गहवरको पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घन्टासम्म निराहार बसेर भोलिपल्ट वैशाख २ गते मध्याह्न गहवरभित्र रहने विशेष आराधना कोकिया गुहाइरबाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ ।
त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ । पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने पतिसहित आफन्तले गाउँको सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments