Hindi Films

मोडललाई निर्माताले आफ्नो यौन प्यास मेटाईदिन आग्रह गरेपछि.....

Unknown | 03:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कोलकत्ता । मोडलिङमा स्थान बनाउन संघर्षरत कोलकत्ताका दुई मोडलले टेलिचलचित्रमा भुमिका दिए बापत प्रोड्युसरले यौनको प्यास मेटाइदिन पटक पटक कर गरेको आरोप लगाएका छन् । उनीहरुले यौन उत्पीडनको आरोप लगाएका हुन् । उनीहरुले जय चिमनलाल देसाइले आफूहरुलाई फिल्मको प्रोड्युसर भएको भन्दै टेलिफिल्ममा रहने भुमिकाको बारेमा हस्ताक्षर गर्न र ११ हजार रुपैयाँ एडभान्स लिन भन्दै होटलमा बोलाएर दुव्र्यवहार गरेको आरोप लगाएका छन् । ती दुई मोडल शुक्रबार साँझ ६ बजे जव होटल पुगे, देसाइले उनीहरुलाई सँगै रात विताउने प्रस्ताव गरे । मोडलहरुले यो प्रस्तावको विरोध गरेपछि उनले यौन उत्पीडन दिए । प्रहरीले उनलाई शुक्रबार राति गिरफ्तार गरेर अदालत पेश गरेको थियो । अदालतले उनलाई न्यायीक हिरासतमा राख्न आदेश दिएको छ । ती मोडल आसामका स्थायी बासिन्दा हुन् । ती व्यक्तिले अरु पनि थुप्रै युवतीहरुलाई यसरी नै फसाएको हुनसक्ने प्रहरीको अनुमान छ । आरोपी देसाइले भने मुम्बइको एक प्रोडक्सन हाउसमा आफूले काम गर्ने दाबी गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments