दिसा गन्हाएको भन्दै लोग्नेलाई चक्कु प्रहार गरे पछि
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
वैशाख ७ गते
कोही कोही मानिसको दिसा यति धेरै गन्हाउँछ की उनीहरु दिसा गरेर निस्केको केही समयसम्म ट्वाइलेटमा जानै सकिन्न । घरमा भाडा गरेर बस्नेहरुले सबैभन्दा धेरै भोग्नुपर्ने पीडा हो यो । तर एकजना महिला भने आफ्नै लोग्नेको यस्तो समस्याका कारण यति धेरै पीडित बनिन् की उनी लोग्ने विरुद्ध भौतिक आक्रमणमै उत्रिनुपर्यो ।
पछिल्लो समय जापानमा यस्तै रोचक घटना भएको छ । एक जापानी महिलाले आफ्नो लोग्ने ट्वाइलेट छिरेर निस्किँदा अति नै धेरै दुर्गन्ध हुने गरेको भन्दै त्यसको झोँकमा लोग्नेमाथि चक्कु प्रहार गरेकी छिन् ।
२९ वर्षकी इमी मामिया नामकी महिलाले आफ्नो लोग्नेको दिसा गन्हाएको र त्यसले ट्वाइलेटनै दुर्गन्धित बनाएको भन्दै आफ्नो ३४ वर्षे लोग्नेको अनुहारमा चक्कु प्रहार गरेकी हुन् । उनलाई ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
लोग्नेले शौच गरेपछि ट्वाइलेट निकै गन्हाउने गरेकोमा मुर्मुरिएकी इमाको रिसको पारो तब झनै चढ्यो जब लोग्नेले ट्वाइलेट गरेपछि राम्ररी नपखालीकन र आफ्नो हात समेत नधोइकन ३ वर्षे छोरालाई ट्वाइलेटमा लगेर दिसा गराउन थाले । भर्खरै दिसा गरेर निस्किएका कारण ट्वाइलेट यति धेरै गन्हाएको थियो की त्यो गन्ध बच्चाले सहनै नसक्ने खालको थियो ।
त्यस्तो गन्हाउने ट्वाइलेटमा हात पनि नधोइकन छोरालाई दिसा गराउन लगेपछि आफुले रिसले आक्रमण गरेको उनले बताएकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments