Hindi Films

घरेलु कामदारका रुपमा साउदी पुगेकी महिला लाई फाँसीमा चढाएर टाउको काटियो!

Unknown | 00:48 | 0 comments



काठमाडौं, वैशाख ४ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब पुगेकी एक महिलाको मृत्यु भएको छ ।
साउदीमा घरेलु कामदारका रुपमा कार्यरत इण्डोनेशियालीकी महिला कामदारको टाउको काटेर मृत्युदण्ड दिइएको हो । यो घटनाको मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले विरोध गरेको छ ।
मालिकले यौन शोषण गरेपछि छुरा प्रयोग गरी मालिकको हत्या गरेको अभियोगमा ती महिलालाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।
साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार मदीनामा रहेकी जैनब दुहरी मानसिक रुपमा कामजोर थिइन् । उनलाई फाँसीमा चढाएर घाटी काटिएको थियो । एजेन्सी

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments