Hindi Films

गर्भवती महिलाले सुत्दा खेरि ध्यान दिनैपर्ने ६ कुराहरु....

Unknown | 06:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 8, 2015 काठमाडौं । गर्भावस्ताको समयमा उठ्ने र बस्नेजस्तै सुत्ने तरिकामा पनि ध्यान दिन जरुरी छ । गर्भवती महिलाहरुले यस्ता सुत्ने तरिकाहरुमा ध्यान दिने हो भने निन्द्रासँग जोडिएका समस्यासँगै श्वास लिने समस्या, कम्मरको दुखाई, टाउको दुखाई र गर्भपातको समस्याबाट समेत मुक्ति पाइन्छ । १.गर्भवती महिलाका लागि बायाँतर्फ कोल्टे परेर सुत्नु सबैभन्दा सुरक्षित मानिन्छ । यसरी सुत्दा अध्याधिक आरामको महसुश हुन्छ र पेटको भारीले मृगौला र कलेजोलाई नोक्सान पु¥याउन सक्दैन । २.पिठ्युको बलले सुत्नबाट बच्नुहोस किनकी यसले ब्लड प्रेसर कम हुनसक्छ । यसरी सुत्दा गर्भाशयको दबाव पिठ्युको हड्डी, कम्मरमा बढी पर्छ । यसले रंक्तसञ्चारसहित मांशपेशीको दुखाईलगायतको समस्या आउन सक्छ । ३.पेटलाई प्रेसर दिएर अर्थात पेट टेकाएर कहिल्यै नसुत्नुहोस् । यसले गर्भाशयमा चाप पर्छ र गर्भपात समेत हुनसक्छ । ४. गर्भावस्थाका समयमा कम्मरमुनी सिरानी लगाएर सुत्नाले कम्मरको दुखाईबाट मुक्ति मिल्छ । ५. बायाँतर्फ टाउको फर्काएर सुत्नाले श्वास लिन समस्या हुन्न र एसिड रिफ्लक्सबाट बच्न सकिन्छ । ६. गर्भावस्थाको समयमा एसीडीसी अर्थात एसिड रिफ्लक्सबाट बच्नका लागि टाउको मुनी मोटो तर हलुका सिरानी प्रयोग गर्नुहोस् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments