सिन्धुपाल्चोकमा भूकम्पबाट १ हजार २१ जनाको मृत्यु
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ वैशाख, बनेपा (काभ्रेपलाञ्चोक)
सिन्धुपाल्चोकमा अहिलेसम्म भूकम्पबाट एक हजार २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताए । उनले चौतारा बजारमा रहेका घाइतेहरूको उद्धार गर्न कठिनाई भइरहेको बताए ।
सम्पर्क विहिन रहेको तातोपानी गाविसमा समेत घाइतेको उद्धारकार्यमा कठिनाई भइरहेको र चौतारा नगरपालिकासहित हगान, सेर्पाथाङ, नवलपुर, जलविरे, बाँसखर्क, गोल्छे, फुलपिङपट्टीलगायतका गाविसमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको खनालले बताए ।
“उद्धारका लागि दुई वटा हेलिकप्टर प्रयोग भइरहेको छ” उनले भने । उद्धारको कार्य ५० प्रतिशतमा मात्र पुरा भएको जानकारी दिँदै उनले चौतारा बजारमा रहेका अधिकाँश सरकारी कार्यालय पूर्ण रूपले क्षतिग्रस्त भएको जानकारी दिए । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments