Hindi Films

गन्हाउन थाल्यो भक्तपुर,उद्धार गर्न असहज,

Unknown | 02:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख १६ बुधवार भक्तपुर: शनिबार गएको महाभूकम्पले भत्काएको भक्तपुर नगर क्षेत्रको घरभित्र पुरिएको ठाउँबाट दुर्गन्ध फैलिन थालेपछि भूकम्प पीडितमा रोगव्याधीको महामारी आउने त्रास बढेको छ। प्रहरी प्रशासनले भूकम्पले भत्काएको संरचनाबाट अझै करिब तीन दर्जनको उद्धार गर्न बाँकी रहेको जनाएको छ।
भक्तपुर नगर क्षेत्रका गल्लीभित्र उपकरण लान तथा घटनास्थलसम्म जान सकिने अवस्था नहुँदा उद्धार गर्न असहज भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले गल्लीभित्र अझै उद्धार गर्न नसकिएको जानकारी दिए। भूकम्पपछि आइतबारदेखि दिनहुँ वर्षा भएकाले उद्धारकर्मीहरू जान पनि नसकिएको उनको भनाइ थियो। 'भक्तपुर नगर क्षेत्रका गल्लीमा अझै उद्धार गर्न सकिएको छैन। बाटो सबै अवरुद्ध भएकाले स्क्याभेटर तथा डोजर लान सकिने स्थिति छैन', उनले भने, ‘दिनहुँ पानी परेकाले उद्धार कार्यसमेत रोकिएको छ।' राहतको अझै टुंगो छैन' भूकम्प गएको चार दिन भइसक्दा पनि पीडितहरू राहत नपाएर आक्रोशित बन्न पुगेका छन्। पानीबाट बच्न नसकिएपछि पीडितहरू झन् आक्रोशित बन्न पुगेका छन्। प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार मंगलबार करिब दुई हजार त्रिपाल वितरण गरिएको छ। ‘तर अझै मागअनुसार त्रिपालको पुराउन सकिएको छैन', उनले भने, ‘अरु खाद्यान्न व्यवस्थापनमै समस्या छ।' मृतकलाई ४० हजार यता जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको निर्णयले भूकम्पमा परी ज्यान गुमाएकालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी अनीलकुमार ठाकुरको अध्यक्षतामा मंगलबार बसेको उक्त बैठकले घर भत्केको तथा क्षति पुगेको विवरण संकलनको लागि जिल्लामा छुट्टै अप्रेसन सेन्टर र नगरका वडाहरू वडास्तरीय छुट्टै अप्रेसन सेन्टर खडा गर्ने निर्णय गरेको छ। प्रजिअ ठाकुरका अनुसार जिल्लालाई दुई करोड रुपैयाँको राहत आइपुगेको छ। जिल्ला अप्रेसन तथा वडा अप्रेसन सेन्टरबाट क्षतिको विवरण आएपछि समुचित राहत वितरण गरिने उनले जानकारी दिए। उनले भूकम्प प्रभावित क्षेत्रमा रोगव्याधीको महामारी फैलिन नदिन प्रशासन सचेत रहेको बताए। थप १४ को शव प्राप्त महाभूकम्पमा परी मंगलबार थप १७ जनाको शव प्राप्त भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबारसम्म दुई सय ५० जनाको भूकम्पमा परी मृत्यु भएको छ। त्यस्तै हालसम्म एक हजार आठ सय ८६ जना घाइतेको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments