Hindi Films

जीवन विककी आमाले भनिन्– हामीलाई पनि न्याय चाहिएको छ

Unknown | 04:07 | 0 comments

 एसिड घटनाका दोषी जीवन विकको घर परिवारले जीवनको अपराध अनुसारको कारबाही पाउनुपर्ने भन्दै आफूमाथि भएको जातीय विभेदमा पनि न्याय पाउनु पर्ने माग गरेको छ। उनीहरुले एसिड छ्याप्नु अपराध भएको तर त्यो गर्न बाध्य पारिनुको कारण पनि खोजिनु पर्ने बताए।
जीवनको घर परिवारले आइतबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो धारण सार्वजनिक गरेको हो। कार्यक्रममा बोल्दै जीवनको आमा नुनुमाया बिकले आफूहरू पनि अन्यायमा परेको बताउँदै सरकारले न्याय दिनुपर्ने बताइन्। ‘मेरो छोराले गरेको अपराधको सजाय पाउनुपर्छ, त्यो सँगै हामीमाथि गरिएको विभेदको पनि सुनुवाई हुनपर्छ,’ उनले भनिन्।

उनले यस्ता घटना फेरि नहुन् भन्नका लागि त्यसको कारण खोजिनु पर्ने बताइन्।
पत्रकार सम्मेलनमा बोल्दै दिदी सीता बिकले एसिड घटना जुनसुकै मानेमा भए पनि अमानवीय, क्रूर र निन्दनीय आपराधिक कार्य भएकाले कारबाही हुनुपर्ने बताइन्। उनले पढेको प्रेस विज्ञप्तिमा ‘घटनाको हामी घोर निन्दा, भर्त्सना गर्दछौँ र दोषीलाई सजाय हुनपर्छ भन्ने कुरामा हामी पूर्वाग्राही हुन चाहँदैनौँ। तर, यसो भन्दैमा सो निन्दनीय घटना घट्नुको मूल कारण खोजी नहुने हो भन्नेतर्फ पनि हामीले राज्यको ध्यानाकर्षण गर्न चाहेका हौँ।'
प्रेस विज्ञाप्तिमा अगाडि भनिएको छ, ‘दोषीलाई दोष अनुसार सजाय हुनुको साथै उक्त घटना घट्नको जरिया र सो ले सिर्जना गरेको सामाजिक विशृंखलतासँगै मानवीय विभेदको गहिरो खाडलको पनि यथार्थपरक, निष्पक्ष ढंगले अध्ययन, अनुसन्धान र छानबिन होस्।'
कार्यक्रममा जीवन बिककी दिदी मञ्जु बिकले ‘संगीता पुमालीमगर र आफ्नो घरपरिवारबीच २०७० कात्तिकमा घटेको जातीय छुवाछुतको घटनाको तोडमोड नगरी निष्पक्ष न्यायिक छानबिन गरी वास्तविक दोषीलाई कारबाही गरेको भए यस्तो घटना घट्ने नै थिएन’ भनिन्। उनले आफ्नो भाइलाई संगीताको घर परिवारले अपराध गर्न बाध्य पारेको दाबीसमेत गरिन्।
भाइ सुजन बिकले संगीताको घर परिवारले आफूहरूमाथि गरेको जातीय विभेदको मुद्दालाई प्रहरीले सत्य सथ्यका आधारमा छानबिन नगरेकाले घटना घटेको दाबी गरे।

Category:

0 comments