इरानलाई अमेरिकाको चेतावनी
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, चैत्र २६ । अमेरिकी विदेशमन्त्री जोन केरीले यमनमा शिया हुती विद्रोहीलाई समर्थन नगर्न इरानलाई चेतावनी दिएका छन् ।
‘पीबीएस न्यूजअवार’सँग कुरा गर्दै उनले इरानले मध्यपूर्वमा कुनैपनि प्रकारको अस्थीरताको प्रयास गरेमा त्यसलाई अमेरिकाले समर्थन नगर्ने स्पष्ट पारे ।
अमेरिकाले यमनका हुती विद्रोहीविरुद्ध आक्रमणको नेतृत्वगरिररहेको साउदी अरबलाई हतियार सहयोगमा तीव्रता दिइरहेको छ ।
केरीले इरानबाट खतरा महसुश गर्ने जुनसुकै मध्यपूर्वी देशलाई सहयोग गर्ने बताए । तेहेरानले भने विद्रोहीलाई समर्थन गरेको आरोपको खन्डन गरेको छ ।
यमनको दक्षिण सहर एडेनमा शिया हुती विद्रोही र राष्ट्रपति मन्सुर हादीका समर्र्थक मिलिसियाबीच भीषण संघर्ष भैरहेको छ ।
विश्व स्वास्थ्य संगठनले यमनमा चर्किएको संघर्षका कारण ५ सय ६० जना मारिएइसकेका छन् भने १ लाख मानिस आफ्नो थातथलो छाड्न बाध्य भएको जनाएको छ । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments