Hindi Films

१० जनाको बलात्कारपछि नौ वर्षीया बालिका गर्भवती

Unknown | 03:06 | 0 comments



 

२०७१ चैत्र ३० सोमबार
 
एजेन्सी : उत्तरी इराकमा आइएस आतंककारीको अत्याचारले सबै सिमा नाघेको छ । आइएस लडाकूले त्यहाँकी एक नौ वर्षीया बालिकालार्इ बन्धक बनार्इ बलात्कार गर्दा उनी गर्भवती भएकी छन् ।

डेली मेलका अनुसार वर्ष दिनसम्म बन्धक बनाएर आइएसका १० जना लडाकूले बलात्कार गर्दा ती बालिका गर्भवती भएकी हुन् । आइएसले ती बालिकासँगै बन्धक बनाइएका करिब ४० हजार हजार महिला र पुरुषमध्ये दुर्इ सय जनालार्इ मुक्त गरेपछि बालिकामाथिको अत्याचार बाहिर आएको हो ।

आइएसले कयौं अल्पसंख्यक महिला र बालिकाहरुलार्इ बन्धक बनाएर दासका रुपमा उनीहरुमाथि निरन्तर यौन शोषण भएको हो । आइएसले जुन २०१४ मा बन्धक बनाएका ४० हजार हजार मानिसमध्ये दुर्इ सयलार्इ केही दिनअघि रिहा गरेको हो । 
मेट्रोका अनुसार इराकको यजिदी गाउँमा आक्रमण गरेर आइएसले ४० हजार मानिसलार्इ अपहरण गरेको थियो । करिब एक सय जना मानिस यसअघि नै आइएसको कब्जाबाट उम्केर भाग्न सफल भएका छन् ।

आइएसको कब्जाबाट भागेकामध्ये नौ वर्षीया बालिका पनि थिइन् । डेली मेलका अनुसार आइएस लडाकूले बलात्कार गरेपछि गर्भवती भएकी ती बालिकालार्इ जर्मनीको कुर्दिस संस्थानले आफ्नो संरक्षणमा लिएको छ । सोही संस्थाले उनको स्वास्थ्यको पनि रेखदेख गरिरहेको छ ।

इन्डिपेन्डेन्टका अनुसार गर्भवती भएकी बालिकासँगै बन्धक बनेका अन्य महिलाले उनीमाथि आइएस लडाकूले अमानवीय व्यबहार गरेका थिए । उनीमाथि एकै दिनमा १० जना आइएसका लडाकूले समेत बलात्कार गर्ने गरेको ती महिलाहरुले बताएका छन् । यौन शोषण नगर्न आग्रह गर्दा उनीमाथि कुटपिट समेत हुने गरेको थियो ।

ती बालिका र अन्य महिलामाथि यौन शोषण गर्नेमा आइएसका माथिल्लो तहका कमाण्डर रहेका छन् । त्यसैगरी आत्मघाती हमलामा पठाइने लडाकूलार्इ पनि बालिका र महिलामाथि यौन शोषण गर्न दिइन्थ्यो ।

गर्भवती बालिकाको संरक्षण गरिरहेका यूसिफ दाउदले ती बालिका गर्भवती भएको पुष्टि गर्दै यदि उनले बच्चालार्इ जन्म दिइन् भने उनको समेत जीवन जोखिममा पर्नेछ । लगातार यौन शोषणका कारण पाएको यातनाले ती बालिकाले मानसिक सन्तुलन नै गुमाउन पुगेकी छन् । 


Category:

0 comments