Hindi Films

मुस्लिम छात्राले जितिन् भागवत गीताको प्रतिस्पर्धा

Unknown | 07:48 | 0 comments



२०७१ चैत्र २२ आईतवार 
फोटो :परिवारसँग बालिका मारियम सिद्दिकी । तस्बिर : एजेन्सी
लखनउ: भारतमा एक मुस्लिम छात्राले हिन्दू धर्मको प्रमुख ग्रन्थ श्रीमद् भागवत गीताको प्रतिस्पर्धामा आफूलार्इ अब्बल प्रमाणित गरेकी छन् । मुम्बर्इका १९५ विद्यालयका ४५ सय प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रथम भएकी हुन् ।

भागवत गीताबारे गरिएको 'गीता च्याम्पियन्स लिग' को उपाधि जित्न सफल मुस्लिम बालिका मरियम सिद्दिकीलार्इ उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले उनलार्इ सम्मानित गर्ने भएका छन् ।
 
राज्य सरकारका एक प्रवक्ताले बताए अनुसार मुख्यमन्त्रीले भागवत गीताबारे रहेको जानकारीको आँकलन गर्न आयोजित लिखित परीक्षामा 'गीता च्याम्पियन्स लिग' मा अव्वल रहेकी मरियमलार्इ सम्मानित गर्ने निर्णय लिइएको हो ।
 
मुख्यमन्त्री अखिलेश यादवलले समाजका सबै धर्म मान्ने तथा सबै धर्मको आदर गर्ने सन्देश दिनका लागि मुस्लिम बालिकालार्इ सम्मानित गर्ने निर्णयमा पुगेको ती प्रवक्ताले बताए ।

मरियम उत्तर प्रदेश राज्य सरकारले चाँडै नै पुरस्कारसहित सम्मानित गर्न लागेको हो । 'इस्कन' नामक भारतीय संस्थाले गरेको श्रीमद् भागवत गीता प्रतियोगितामा मुम्बईको एक स्कूलकी छ कक्षा की १२ वर्षीय मरियम आसिफ सिद्दीकीले प्रथम स्थान प्राप्त गरेकी थिइन् ।
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments