Hindi Films

भूकम्पबाट ८० लाख प्रभावित, १४ लाखले खान पाएनन्

Unknown | 09:10 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख १६ बुधवार
काठमाडौं: संयुक्त राष्ट्रसंघले महाप्रलयकारी भूकम्पबाट ३९ जिल्लाका ८० लाख नेपाली जनता प्रभावित भएको उल्लेख गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि जेमी म्याकगोल्डरिकले ३९ मध्ये ११ जिल्ला अति प्रभावित रहेको उल्लेख गरे। पुल्चोकस्थित राष्ट्रसंघीय भवनमा आयोजित पत्रकार सम्मेलनमा म्याकगोल्डरिकले १४ लाख नेपाली जनतालाई खाद्यान्न सहायता जरुरी रहेको बताए। उनले भूकम्पपीडितका लागि एक करोड ५० लाख अमेरिकी डलर सहायता उपलब्ध गराइसकिएको बताए। ‘भूकम्पबाट आक्रान्त जनतालाई विशेषगरी खाद्यान्न, पानी, बासस्थान र औषधिको जरुरी छ, यी कामलाई प्राथमिकता दिनु अत्यावश्यक छ,’ उनले भने। नेपालमा आएको भूकम्पप्रति दुःख व्यक्त गर्दै छिमेकी मुलुकहरू भारत, चीनसहित संयुक्त राज्य अमेरिका, युरोपेली युनियन, क्यानडाबाट आर्थिक सहयोगहरू आउने क्रम जारी छ भने विदेशबाट आएका उद्धार कार्यदलहरू समेत नेपालमा खटिरहेका छन्। छिमेकी भारतले बालबच्चालाई आठ टन खाद्यान्न र प्याकेट दूध, ६ टन औषधि र दुई टन बिस्कुट उपलब्ध गराएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत् अहिलेको विपत्तिको दुःखद् घडीमा आफू पनि पनि नेपाली जनतासँगै रहेको बताएका छन्। भारतले थप दुईवटा इन्जिनियरिङ कार्यदलहरू नेपाल पठाइसकेको छ। यसमा सय जना उद्धारकर्मीहरू छन् भने ३३ टन खानेपानी नेपाल ल्याइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जनाएका छन्। ‘हालसम्म भारतीय सेना र उद्धारकर्मीको टोलीले सात सय ४१ नेपाली नागरिकको उद्धार गरिसकेका छन्,' स्वरूपले ट्विटमा उल्लेख गरे। १९ जना पर्वतारोहीलाई मंगलबारमात्रै लुक्लाबाट हेलिकोप्टरमा भारतीय सेनाले उद्धार गरेको उनले उल्लेख गरेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ललितपुरको लगनखेलमा भारतीय सेनाले ५० शैय्याको एक अस्थायी अस्पताल स्थापना गरिसकेको छ। भारतका आठवटा इन्जिनियरिङ टिमहरू समेत परिचालित भइसकेका छन् भने अन्य आठ टिमहरू परिचालित हुने क्रममा रहेको दूतावासले जनाएको छ। भारतीय उद्धारकर्ताहरू काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा परिचालित भई उद्धार कार्यमा खटिरहेका छन्। भारतीय सेनाको एलएच विमानले पोखराबाट महिला र बालबालिका गरी २५ जना काठमाडौं ल्याएको छ भने गोर्खाको उत्तरी गाउँ बारपाकबाट ११ जना मृतकहरू निकालेको छ। अर्को छिमेकी चीनले चिनियाँ जनमुक्ति सेनाका चारवटा आइएल—७६ विमान मंगलबार मात्रै उद्धारका लागि नेपाल पठाएको छ। ‘चीनबाट आएको विशेषज्ञहरू सहितको सैनिक टोलीहरूले भवनहरू भत्किएर पुरिएकाहरूको जीवितै उद्धार गर्न तथा मृतकहरूको उत्खनन गर्न महत्वपूर्ण सहयोग पुगेको छ। अन्य देशका कार्यदलहरूभन्दा चिनियाँ टोली बढी सशक्त रहेछ,’ मुख्यसचिव लीलामणि पौड्यालले मंगलबार पत्रकारहरूसँग भने। चिनियाँ चिकित्सकहरूको तीनवटा टोलीले काठमाडौं, भक्तपुर र काभ्रेको धुलिखेलमा भूकम्पपीडितको उपचारमा खटिरहेका छन्। यसअघि चीनले २० मिलियन युआन सहयोग नेपाललाई उपलब्ध गराउने घोषणा गरिसकेको छ। जापानले नेपाललाई एक बिलियन जापानी ऐन अर्थात् आठ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासका अनुसार अन्य उद्धार टोलीहरू पनि जापानबाट काठमाडौं आउने क्रममा छन्। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले भूकम्पमा तत्कालीन राहत तथा उद्धारका लागि नेपाललाई थप नौ मिलियन अमेरिकी डलर सहयोग दिने घोषणा गरेका छन्। यसअघि अमेरिकाले १० मिलियन अमेरिकी डलर सहयोग घोषणा गरिसकेको छ। मंगलबारै अमेरिकी विपद् सहायता दलको एक टोली नेपाल आइपुगेको नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले ट्विटमार्फत जनाएका छन्। प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार भेटी अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी राष्ट्रपति बाराक ओबामाको समवेदना सन्देश सुनाएका छन्। 'अहिलेको दुःखद् घडीमा अमेरिकी सरकार र जनता नेपाली जनतासँग छन् भन्ने अमेरिकी राष्ट्रपतिको सन्देश राजदूत बोडेले सुनाउनुभयो,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले अन्नपूर्णसँग भने। यसैगरी, युरोपेली युनियनले नेपालका लागि तीन मिलियन युरो सहयोग गर्ने भएको छ। नेपालस्थित युरोपेली युनियनकी प्रमुख रेन्सजे तिरिन्कले नेपालको विपद् सहयोगमा सबैखाले सहयोग गर्न आफूहरू तयार रहेको बताएकी छिन्। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले विभिन्न मुलुकका गरी १० जना विदेशी पर्यटहरूको निधन भएको आधिकारिक सूचना आएको जनाए। यद्यपि उनले ती विदेशी पर्यकटकहरूको परिचय र ठेगाना खुल्न बाँकी रहेको बताए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments