नायिकाहरुले कुर्सी नपाएपछि ४५ मिनेटमै मध्यान्तर, फिल्म नेहरी फर्किन बाध्य
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत २४ गते
जब, चलचित्रका कुनै पनि कार्यक्रम हुन्छन्, त्यहाँ कुनै नै कुनै रोचक दृश्य त देखिहाल्छ । सोमबार बेलुकी आयोजना भएको चलचित्र ‘नाई नभन्नु ल ३’को प्रिमियरमा पनि केही रोचक दृश्य देखियो । जसमा निकै आकर्षक भएर पुगेका केही नेपाली चलचित्रका नायिकाहरुले बस्ने सिट नपाएपछि र्फकनु परेको अवस्था पनि देखियो ।
बेलुकी ५ बजेका लागि निम्तो गरिए पनि केही नायिकाहरु भने ६ बजेतिर बिग सिनेमा पुगेका थिए । हलमा पहिलेदेखि नै अतिथिहरु खचाखच थिए । जसका कारण पनि चलचित्र क्षेत्रका केही चलेका अनुहारहरुले नै बस्ने सिट पाएनन् ।
चलचित्र चल्दै गर्दा नायिकाहरु नम्रता श्रेष्ठ, वेनिशा हमाल, नन्दिता केसी, छुल्ठिम गुरुङ, पूर्व मिस नेपालहरु श्रृष्टि श्रेष्ठ, सदिक्षा श्रेष्ठ लगायतले सिट नै पाएनन् । यी बाहेक अन्य थुप्रै अतिथि पनि थिए, जसले सिट नपाएकाले चलचित्र हेर्न पाइरहेका थिएनन् ।
यो देखेपछि आयोजकले पनि दिमाग लगाए । चलचित्र चल्दै गर्दा एकाएक ‘मध्यान्तर’ लेखियो पर्दामा । मानिसहरु छक्क परे, चलचित्र सुरु भएको ४५ मिनेट नहुँदै कसरी भयो ‘मध्यान्तर’ भनेर दर्शकहरू खासखुस गर्न थाले । ‘मध्यान्तर’ भएपछि मानिसहरु उठेर हल बाहिर निस्किए । प्रिमियर आयोजकले दर्शक निस्किएपछि सिट नपाएका कलाकारलाई राख्ने योजना बनाएका थिए ।
तर, अायोजकले ४५ मिनेटमा लगाइदिएको मध्यान्तरले काम गरेन । फिल्म पुनः सुरू हुँदा पनि सिट नपाएपछि नायिकाहरु हल भित्र यता उता कुदिरहेको देखिन्थ्यो । अन्त्यमा उनीहरुले सिट पाएनन् र चलचित्र नै नहेरि फर्किन बाध्य भए ।
रमाइलो दृश्य के पनि देखियो भने, कलाकार दिपकराज गिरी विकास बोर्डका पूर्व सदस्य निलहरी काफ्लेको सिटमा बसे । तर, उनलाई चलचित्र हेर्न आएका अन्य चलचित्रकर्मीले काफ्लेको सिट हो भनेपछि उनी हाँस्दै अर्को सिटमा सरेका थिए ।
सोमबार प्रिमियरमा चलचित्र हेर्न नपाएकाहरु शुक्रबार हेरौला भन्दै फर्किएका थिए । आयोजकदेखि चलचित्रकी नायिका प्रियंका कार्कीले पनि सिट नपाउनेहरुसँग फेसबुक मार्फत माफी मागेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips, News
0 comments