डलरको खेति गर्ने पाँच जना पक्राउ!
![]() |

काठमाडौँ: कागजको बिटोलाई डलर भनी झुक्याई ठगी गरेको अभियोगमा बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय विपिन लामासहित पाँचजनालाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरेको छ ।
झापा बिर्तामोड घर भई बौद्ध बस्दै आएका राजन थापा मगरलाई गत मङ्गलबार कागजको बिटोलाई डलर भनी झुक्याई दुई लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
फरार रहेका उनीहरुलाई प्रहरीले खोजतलास गर्नेक्रममा अमेरिकी डलर ४१० र एक लाख ७५ हजार ५०० रुपैयाँ सहित पक्राउ गरेको हो ।
![]() |
Category: News
0 comments