Hindi Films

अर्को दु :खद खबर!एउटै मोटर साइकलमा सवार चार युवाको मृत्यु

Unknown | 05:24 | 0 comments


२०७१ चैत्र २१ 
फोटो :फाइल फोटो
 
सिरहा : सिरहा र सप्तरीको सीमाना बलान पुलमा गएराती मोटरसाइकल र यात्रु बस ठोक्किँदा चार युवकको ज्यान गएको छ ।

दुर्घटनामा सप्तरीको दौलतपुर–२ को एउटै गाउँका युवाको ज्यान गएको हो । मृत्यु हुनेमा दौलतपुर–२ का १९ वर्षीय शत्रुधन महतो, २१ वर्षीय शोभितलाल महतो, १७ वर्षीय अविनास सिंह र २१ वर्षीय अमन सिंह रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

चारजना चढेर लहानबाट पूर्व जाँदै गरेको स४प ९६८९ नम्बरको मोटरसाइकल र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना५ख ४९७३ नम्बरको यात्रु बस बलान पुलमा ठोक्किँदा गम्भीर घाइते चार युवकलाई उपचारका लागि लहान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ज्यान गुमाएकाहरु लागूऔषध दुव्र्यसनी रहेको आशङ्का गरिएको छ । मृतकहरुको साथबाट गाँजा पिउने चिलम, पराग, चुरोट र केही नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।

लहानमा मदिरा र लागूऔषध सेवन गरेर एउटै मोटरसाइकलमा चढी तीब्र गतिमा गईरहेका बेला अनियन्त्रित भई बससँग ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीले बस, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

बस नियन्त्रणमा लिएपछि काठमाडौं हिँडेका करिब ३६ जना यात्रुहरुले प्रहरी कार्यालय परिसरमै रात बिताएका छन् । प्रहरीले बस व्यवसायीसँगको समन्वयमा अर्को बसको व्यवस्था गरी बिहान यात्रुलाई काठमाडौं पठाएको  छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments