भूकम्पमा एक हजार युरोपियन अझै सम्पर्कबाहिर
![]() |
फोटो :बीबीसी
काठमाडौं : नेपालको भूकम्पमा परी एक हजार युरोपियन नागरिक नागरिक बेपत्ता भएका छन् । नेपालका शक्तिशाली भूकम्प गएको एक सातासम्म पनि उनीहरुको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ।
नेपालका लागि इयूका राजदूत रेन्से टिर्निकलाई उधृत गर्दै बीबीसीले उनीहरुको अवस्थाबारे सरकारी निकायबाट कुनै जानकारी आउन नसकेको जनाएको छ।
ट्रेकिङ तथा आरोहणको सिजन भएकोले धेरै पर्यटक हिमाली क्षेत्रमै हराइरहेका छन्। खासगरी सगरमाथाको ट्रेकिङ क्षेत्र र लाङटाङ क्षेत्रमा उनीहरु हराएको हुनसक्ने इयू अधिकारीले बताएका छन्।
ट्रेकिङ तथा आरोहणको सिजन भएकोले धेरै पर्यटक हिमाली क्षेत्रमै हराइरहेका छन्। खासगरी सगरमाथाको ट्रेकिङ क्षेत्र र लाङटाङ क्षेत्रमा उनीहरु हराएको हुनसक्ने इयू अधिकारीले बताएका छन्।
१२ जना युरोपियनहरु अहिलेसम्म मृत अवस्थामा भेटिएका छन्। हराइरहेका युरोपियनहरुको खोजी कार्य प्रभावकारी रुपमा भइरहेको इयूका नेपालस्थित राजदूत रेन्सले दिएका छन् ।
![]() |
Category: News



0 comments