नेपाल आएका गोर्खा सैनिक के गर्दैछन् ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, वैशाख २० – नेपालमा आएको विनाशकारी भूकम्पमा राहत र उद्धारका लागि बेलायतले राहत सामग्री र अत्याधुनिक हेलिकप्टरसहित गोर्खा सैनिकको इन्जिनियरहरुको एक टोली नेपाल पठाएको छ ।
नेपाल आएपछि गोर्खा सैनिकले शुक्रबार सजिलै एक ठाउँबाट अर्को ठाउँ लान मिल्ने ५ हजार लिटरको पानीको ट्यांक निर्माण गरेका छन् । बोरहोलका माध्यमबाट त्यहाँ पानी जम्मा गर्न मिल्नेछ । विशेष गरेर पानीको वितरण प्रभावित भएका स्थानहरुमा पानी लैजान सहयोग गर्नका लागि नेपाली सेनाको ट्यांकरलाई लक्षित गरेर उक्त ट्यांक निर्माण गरिएको हो ।
यो सूचारु भएपछि ट्यांकलाई नियमित संचालन गर्नका लागि तीन जना गोर्खा इन्जिनियरहरु काठमाडौंमा रहने छन् भने टोलीका बाँकी सदस्यहरु बेलायती सरकारको खोजी तथा उद्धार टोली, नेपाली सेना र संयुक्त राष्ट्र संघसँग आबद्ध हुनेछन् ।
काठमाडौंपछि उनीहरु गोरखा जिल्ला जानेछन् जहाँ उनीहरुले आफ्नो बेस बनाउनेछन् । त्यहाँबाट भूकम्पको केन्द्रविन्दु बनेका जिल्लाहरु पुग्नेछन् ।
‘त्यहाँ भौगोलिक विकटताका कारण यातायातको सुविधा छैन,’ गोर्खा इन्जिनियरका कर्पोरल भेष बहादुरले भने, ‘तर, जुन गतिमा अन्तराष्ट्रिय संघ संख्थाहरुले सहयोग गरिरहेका छन्, हामी नेपाललाई पहिलेभन्दा अझ राम्रो बनाउन सक्नेछौं ।’
उनको घर पोखरा हो र विगत १३ वर्षदेखि बेलायाती सेनामा कार्यरत छन् । वैशाख १२ गतेको भूकम्पबाट उनका परिवार भने भाग्यले जोगिएका छन् । तर, आफ्नो रेजिमेन्टका अन्य साथीहरु भने उनीजस्तै भाग्मानी रहेनन् ।
‘मेरा धेरै साथीहरुले आफ्ना परिवारका सदस्य गुमाएका छन्, उनले भने, यस्तो बेलामा बेलायतमा बस्नु पर्ने हुँदा उनीहरुमाथि झन् पीडा थपिएको छ ।’
टेलिग्राफको सहयोगमा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News





0 comments