Hindi Films

सभासदद्वारा सिडिओेमाथि यस्तो दुर्व्यबहार गरेपछि ....

Unknown | 08:48 | 1 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
फोटो :सभासद् लामासहित काभ्रे पुगेका कांग्रेसका उपसभापति रामचन्द्र पौडेल । तस्बिर : केदार तिमल्सिना
धुलिखेलः राहत वितरणमा आफूसँग समन्वय नगरेको भन्दै सभासद् रेशम लामाले काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई दुर्व्यबहार गरेका छन् । सार्वजनिक कार्यक्रममै दुर्व्यबहार गर्दै उनले जिल्ला दैवी प्रकोप उद्धार समितिको माइन्युट पनि च्यादिएका छन् ।

गत बैशाख १२ गतेका भूकम्पबाट काभ्रेमा भएको क्षतिबारे बुझ्न बिहीबार काभ्रे आएका संसदको विशेष समितिका सदस्य तथा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलकै अगाडि सभासद लामाले सिडिओमाथि दुर्व्यबहार गरेका हुन् ।

प्रजिअ सुदर्शनप्रसाद ढाकालले जिल्लाको वस्तुस्थिति र अवस्थाबारे जानकारी गराउँदै समितिका निर्णय सुनाउन लाग्दा लामाले ढकालसँग रहेको माइन्युट खोस्दै च्यातिदिएका हुन् ।

प्रजिअमाथि खन्निएका सभासद् लामा समितिले राहत वितरणमा जिल्लाका सभासद् बेवास्ता गरी समन्वय नगरेको भन्दै आक्रोशित बनेका थिए । ‘मैले सयौँ त्रिपाल संकलन गरेर बाँडे, प्रशासनसँग माग्दा दिइएन’, उनले आक्रोशित हुँदै भने, ‘बरु २० वटा साना प्लाष्टिक दिइयो, त्यसमा पनि प्रशासनले मलाई अविश्वास गरेर  त्रिपाल बाँड्न पठायो ।’

आफुले सयौँ त्रिपाल बाँडेपनि आफुले जिल्ला दैवी प्रकोप उद्धार समितिको एउटा पालसमेत नलगेको उनले दावी गरे । कार्यक्रममा सभासद् कञ्चनचन्द्र वादेले आफुले राहात सामाग्री लुटेको भनेर समाचार लेखेको भन्दै पत्रकारविरुद्ध खनिएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जिल्लामा रहेका राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिसँग मिलेर काम गरेको पौडेललाई जानकारी गराएका थिए ।

प्रजिअ ढकालले जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको सबै काम पारदर्शी भएको दाबी गरे । ढकालले सभासद् लामाको कुराप्रति इंगित गर्दे आफूहरु देशको जुनसुकै जिल्लामा गएर पनि काम गर्न तत्पर रहेको उल्लेख गरे ।

प्रजिअ ढकालमथि सभासद्हरु आक्रोशित भएर उनीमाथि खनिरहँदा पनि पौडेलले भने प्रजिअ ढकालको मनोबल बढ्ने कुनै काम गरेनन् । काभ्रे आएका पौडेलले राजनीतिक दलका प्रतिनिधिसँग राहत वितरणबारे जानकारी लिएका थिए । कार्यक्रममा पार्टीका नेता तथा प्रतिनिाधिले प्रमुख जिल्ला अधिकारी र कर्मचारीको कामको प्रशंसा गरेका थिए ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

1 comment:

  1. सि डि याे भनेकाे एउटा राष्ट्रसेवक कर्मचारी हाे र सरकारले अर्हाएकाे काम काज गर्दछ र सरकार प्रति नै जवाफदेहि हुन्छ र सरकारकाे अाफ्नै अङ्ग छ सबै ठुटे नेताहरुप्रति उत्तरदाही हुन जरुरी छैन नत जाे जाे अाँउछन सबैलाइ ब्रिफिङ्ग गर्न जरुरि छ। सबैलाइ चेतना भया। दुरब्यबहार गर्ने नामधारी सभासदलाइ कारवाहि गर्ने अधिकार सि डि याे सँग सुरक्षित छ।

    ReplyDelete