यस्तो पनि हुन्छ,राहातको नाम मा ''भारतीय हेलिकप्टरले गोरखामा गर्यो मनलाग्दी''
![]() |
भारतीय हेलिकप्टरले सीमा नाघेः राजनीतिक दल
, May 05, 2015
गोरखा,वैशाख २२ – भूकम्पबाट प्रभावित गोरखा जिल्लाका पीडितहरुको उद्दार र राहतका लागि जिल्ला पुगेको भारतीय हेलिकप्टर मनलाग्दी सञ्चालन गरिएको भन्दै जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति निकाल्दै नेपाली कांग्रेस, एमाओवादी र नेकपा– माओवादीले यसको विरोध गरेका हुन् ।
राजनीतिक दलहरुले जिल्ला दैवी प्रकोप उद्दार समितिको हेली उडान तालिका अनुसार उडान गर्नु पर्ने भए पनि भारतीय हेलिकप्टरले मिच्याईं गर्दै त्यसको पालना नगरेको आरोप लगाएका छन् । आवश्यकताको प्राथमिकताको आधारमा भारतीय हेलिकप्टर प्रयोग नभएको पनि उनीहरुको तर्क छ । ‘जिल्लाका दुर्गम गाविस तथा वस्तीहरुमा उद्दार र राहतका लागि भारतीय हेलिकप्टरबाट उद्दार र राहतका काम भइरहेका छन्, यो सकारात्मक कुरा हो,’ कांग्रेस, एमाओवादी र नेकपा– माओवादीद्वारा संंयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘तर, भारतीय सेनाको सो हेलिकप्टरद्वारा गरिने कामको सिलसिलामा जिल्ला दैवी प्रकोप उद्दार समितिको हेली उडान तालिकाभन्दा बाहिर पोखराबाट गरिएको उडान आवश्वयकताको प्राथमिकताका आधारमा सञ्चालन हुन नसकेको प्रति हाम्रो गम्भीर आपत्ति छ ।’
समग्र जिल्ला नै भूकम्पबाट भएको जनधनको क्षतिले विक्षिप्त भएका बेला भारतीय हेलिकप्टरले देखाएको रवैयाले उद्दारका साथै राहतमा योगदान दिन नसकेको निष्कर्ष निकाल्दै राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्न उठेकाले तत्काल यसलाई सच्याउन जिल्लाका राजनीतिक दलहरुले माग गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments