डिभी २०१६ को नतिजा सार्वजनिक,यसरि हेर्नुहोस डिभी परे नपरेको!
![]() |

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो।

नेपालस्थित अमेरिकन दूतावासले ट्विटरमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरेको छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रहसमेत गरेको छ।
दूतावासले नतिजा सार्वजनिक भएको जानकारी गराए पनि मंगलबार बिहानसम्म परिणाम हेर्न भने सकिएकाे छैन
![]() |
Category: News



0 comments