Hindi Films

भूकम्प पीडितलाई क्यानाडाले भिसा चाँडै दिने

Unknown | 00:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । क्यानाडा सरकारले भूकम्प पीडित नेपालीको भिसा आवेदन प्रक्रिया प्राथमिकताका साथ छिटो छरितो रुपमा गर्ने जनाएको छ । भूकम्पबाट व्यक्तिगत रुपमा प्रभावित रहेको जानकारी दिए आवेदनकर्ताको सम्पूर्ण आवेदन प्रक्रिया तत्काल गरिने क्यानाडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले जानकारी दिएका छन् । उनका अनुसार क्याानाडा भित्रै रहेका र छोटो समयको भिसा पाएकाले पनि इमिग्रेसन क्यानडामा निवेदन दिएर आफ्नो बसाई लम्ब्याउन पाउने छन्।
नेपालमा रहेर क्यानडाको भिसा आवेदन दिइसकेकाहरुले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारी सहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल (Delhi-immigration@international.gc.ca) मा निवेदन दिनु पर्नेछ । त्यसमा आवेदन नम्बर पनि उल्लेख हुनु पर्नेछ । यसैगरी, घुम्न, पढ्न वा कामका निम्ती क्यानडा आउन चाहने नयाँ आवेदन कर्ताले पनि सिआइसीको वेब साइटबाट अनलाई आवेदन दिए लगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ । क्यानडा भित्रै रहेका आवेदनकर्ताले Situation-Nepal@cic.gc.ca मा इमेल गरि भूकम्पबाट आफू कसरी प्रभावित भएको जानकारी दिई प्रक्रिया छिटो गर्न अनुरोध गर्न सक्ने छन् । साथै सिआइसीको कल सेन्टरको नम्बर १–८८८–२४२–२१००मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सक्नेछन्। नेपालमा शक्तिशाली भूकम्प गएलगत्तै क्यानाडाले ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्धार टोली नेपाल पठाईसकेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments