उडिरहेको मलेसियन जहाजमा आगो लागेपछि ......
![]() |
२०७२ जेष्ठ २९ शुक्रबार

एजेन्सी : उडिरहेको एक मलेसियन जहाजमा आगो लागेको छ । आगो लागेपछि मलेसियन जहाजलाई अस्ट्रेलियाको मेल्बर्न एयरपोर्टमा आपतकालिन अवतरण गराइएको छ ।
अस्ट्रेलियन ट्रान्पोर्ट सेफ्टी ब्युरोले घटनाको पुष्टि गर्दै आगो लागेको मलेसियन जहाजलाई मेलबर्नस्थित ट्युलामरिन एयरपोर्टमा आपतकालिन अवतरण गराउनुपरेको जनाएको छ ।
‘मेलबर्न एयरपोर्टबाट उडेको केही बेरमै चालक दलले इन्जिनमा आगो लागेको संकेत दिए’, ब्यूरोका प्रवक्ताले भने, ‘इन्जिनमा आगो लागेको जहाजलाई तत्कालै फर्काएर मेलबर्नमै सुरक्षितरुपमा अवतरण गराइ आगो निभाइएको छ ।’
मलेसिया एयरलाइन्सले पनि ट्विट गर्दै तीन सय यात्रुसहित मेलबर्नबाट क्वालाम्पुरका लागि उडेको उडान नम्बर एमएज १४८ जहाजमा आगो लागेको पुष्टि गरेको छ ।

‘मेलबर्नबाट क्वालालाम्पुरका लागि उडेको जहाजको इन्जिनमा आगो लागेको छ’, मलेसिया एयरलाइन्सले भनेको छ, ‘सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । जहाज सुरक्षितरुपमा आपतकालिन अवतरण भएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments