Hindi Films

धेरै यौनसम्पर्क गरेर दुःख दिएको भन्दै स्वास्नीले मागिन् डिभोर्स

Unknown | 13:31 | 0 comments


एजेन्सी - आफ्नो श्रीमान यौनसम्पर्कका लागि पागलजस्तै हुने गरेको र अब श्रीमानसंग बस्न नसक्ने भन्दै नाइजेरियाकी एक ४५ बर्षीय व्यापारी महिला मुइना अदेलामीले लागोस फेमिली कोर्टमा आफूसँग धेरै यौनसम्पर्क गरेर दुःख दिएको भन्दै डिभोर्सको माग गरेकी छिन्। 

उनका श्रीमान शोएब यौनसम्पर्कका लागि पागलजस्तै हुने र घण्टौसम्म पनि यौनसम्पर्क राख्ने, श्रीमानले भनेको बेलामा यौनसम्पर्क गर्न नमानेमा आफूलाई बेहोस हुनेगरी कुटपिट गर्ने, होसमा आएपछि पनि यौनसम्पर्क शुरु गर्ने जस्ता हर्कतहरू गरेपछि आफूले डिभोर्स पाउनुपर्ने माग गर्दै अदालतमा पुगेकी हुन्। उनले आफूहरूको विवाह भएको आठबर्ष बित्दा पनि श्रीमानमा कुनै परिवर्तन नआएपछि अन्तिम उपाय डिभोर्स नै रहेको भन्दै मुद्दा दायर गरेकी हुन्। 

आवश्यकताभन्दा बढी यौनचाहना देखाएपछि आफूले श्रीमानलाई छाड्नै पर्ने अवस्था आएको उनले बताएकी छिन्। श्रीमानले भने श्रीमतीसँग यौनसम्पर्क राख्नु गलत नभएको र उनको विचार परिवर्तन गर्ने जानकारी दिएका छन्।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments