Hindi Films

चल्ला खान आएको अजिंगर गाउँलेले समाते

Unknown | 08:18 | 0 comments


२०७२ जेष्ठ २९ शुक्रबार 
 
बर्दिया :  कुखुराको चल्ला खान गाउँमा पसेको एउटा अजिंगरलार्इ बर्दियाको गुलरियाका गाउँलेले समातेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका-१ शंकरबस्तीको १० नम्वर गाउँस्थित एक घरमा चल्ला खान आएको अजिंगरलार्इ शुक्रबार दिउँसो समाएका हुन् ।

चल्ला खान घरमै आएको अजिंगरलार्इ समातेर गाउँलेले डोकोमा छोपेका थिए । करिब चार किलो तौल र ६ फिट लामो यो अजिंगर समाएपछि गाउँलेले जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।
गाउँलेले समाएर राखेको अजिंगरलार्इ नियन्त्रणमा लिएर सुरक्षितरुपमा गुलरियामास्थित सन्तोषी सामुदायिक वनमा छाडिएको जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत श्याम लोप्चनले बताए ।

'गाउँलेले अजिंगरको संरक्षण गर्नुपर्ने बुझेर समाएर राखेका रहेछन्',  लोप्चनले भने, 'गाउँलेको सहयोगमा हामीले समाएर सुरक्षितरुपमा सामुदायिक वनमा छाडेका छौं ।'
 
गाउँलेले पक्डेको अजिंगरको विष नहुने भएपनि भित्रतर्फ फर्केका दाँतले पक्रेपछि यसको कब्जाबाट शिकारले उम्कन सक्दैनन् । अजिंगरले समातेको शिकारलाई कुँडुलो बनाइ मारसिकेपछि सिङ्गै निल्ने गर्दछ ।


 

Category:

0 comments