यसकारण सलमानसँग फिल्म खेल्ने प्रस्ताव कंगनाले अस्वीकार गरिन् !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
'क्वीन' तथा 'तनु वीड्स मनु' जस्ता सामान्य कथा बोकेका फिल्मलाई बलिउडका स्टार पावरहरुको मात्र सामर्थ्यभित्र पर्ने सय करोड कल्बमा छिराएपछि बलिउड अभिनेत्री कंगना रनौटलाई बलिउडमा लेडी खान भन्न थालिएको छ। उनका फिल्महरुले पाएको जबरजस्त सफलताले उनलाई रोजीछाडी काम मिलिरहेको छ। उनको व्यस्तता बढेको बढ्यै छ।
कंगनाको व्यस्ता यति बढेको छ कि उनले सलमान खानसँग फिल्म खेल्ने अवसरलाई दोस्रो पटक पनि 'नाई' भन्नु परेको छ। यस अघि कबिर खान निर्देशित सलमानको 'बजरंगी भाइजान' खेल्न अस्वीकार गरेकी कंगनाले सलमानको अर्को फिल्म 'सुल्तान'लाई पनि अस्वीकार गरेकी छन्। यस अघि 'बजरंगी भाइजान' फिल्ममा उनलाई निभाउन प्रस्ताव गरिएको भूमिका चित्त नबुझेकाले कंगनाले नखेलेकी हुन्। पछि सो भूमिकामा करिना कपुरले खेलिन।
सलमान खानसँग फिल्म खेल्न झुत्तो खेल्ने अभिनेत्रीहरुको बलिउडमा कुनै कमी छैन् तर, कंगनाले भने दोस्रो पटक आएको अवसरलाई पनि 'नाई' भनिन। 'सुल्तान' फिल्मको सुटिङ तालिकासँग उनले पहिले नै प्रतिवद्धता जनाइसकेको विशाल भारद्वाजको 'रङ्गुन'को सुटिङ् तालिका जुधेपछि उनले 'सुल्तान' खेल्न असमर्थ रहेको बताउनु परेको हो। हाल 'कट्टी बट्टी'मा व्यस्त रहेकी कंगनाले यो फिल्म सक्ने बित्तिकै हन्सल मेहेताको फिल्ममा व्यस्त हुनेछिन्।
बलिउड सुत्रले बताए अनुसार यसराज फिल्मसका आदित्य चोपडाले फिल्ममा कंगनाको भूमिकाका बारेका आफै कुरा गरेका थिए। फिल्ममा कंगनाको मूख्य भूमिका थियो। तर, व्यस्त भएपछि कसको के लाग्छ?
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments