Hindi Films

डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ

Unknown | 23:03 | 0 comments

young_lady_arrest_when_get_third_marriage_dhankuta

धनकुटा जेठ २० । हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन्। मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार निशाले धरानको मन्दिरमा फूलमाला गरी विक्रमलाई धनकुटाको खोकु गाविसस्थित पहिलो पतिका घरमा जन्ती लिएर आउन भनेकी थिइन्।आफूसँग हङकङको आईडी रहेको भन्दै निशाले यसअघि धनकुटा खोकु २ का २४ वर्षीय धनेन्द्र राई र जिल्लाकै बूढीमोरङ ९ का सन्तोष लिम्बूसँग बिहे गरिसकेकी थिइन्।
पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए। धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो।
पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो। विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको छ।
बूढीमोरङ गाविस कार्यालयको विवाह दर्ता प्रमाणपत्रमा थर लिम्बू र ठेगाना सोही गाविस ४ रहेको प्रहरी नायबउपरीक्षक ध्रुव राउतले बताए।
source: medianp.com

Category:

0 comments